• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कालिकोटको गाउँगाउँमा प्रहरी, सर्लाही घटना दोहोर्याउने सपना देखे खरानी पार्ने नेकपाको चेतावनी

    18.6K
    SHARES



    कालिकोट  । नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिएको कालिकोट जिल्लामा व्यापक प्रहरी परिचालन भएको छ । आफ्नो आधार क्षेत्र मानिरहेको कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरी व्यापकरुपमा परीचाल भएपछि स्थानीय आक्रोशित बनेका छन् । अनावश्यकरुपमा जनतालाई तर्साउन गाउँगाउँमा पसेर प्रहरीले अपरेशन चलाएपछि नेपाल कम्युनिस्ट पार्टी कालीकोट पनि निकै आक्रोशित बनेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदीपले सर्लाही घटना दोहोर्याउने सपना बोकेर प्रहरी गाउँ प्रवेश गरेमा खरानी पार्ने चेतावनी दिएका छन् । कालिकोटमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले यस्तो चेतावनी दिएका हुन् । जिल्लाभित्र भएका केही घटनालाई आधार मानेर प्रहरी गाउँ–गाउँ छिरेर खानतलासी गर्ने, ब्यापक धरपकड गर्ने, जनता आतंकित गर्ने र आफ्ना नेता तथा कार्यकर्ताको प्रहरीले पिछा गर्ने गरेमा आफ्नो पार्टीले शशक्त प्रतिरोध गर्ने उनले बताएका छन् ।

    त्यसका लागि तयार रहन पनि उनले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आफुहरुको लडाइँ सेना र पुलिससँग नभएको जिकिर गर्दै नेता रणदिपले देशको ढुकुटी खत्तम पारेर लुट मच्चाउने भ्रस्ट जनप्रतिनिधि र देशका भ्रष्ट दलालहरुबिरुद्धको लडाइँमा साथ दिन सम्पूर्ण सुरक्षाकर्मीसँग अनुरोधसमेत गरेका छन् । शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउँने अधिकारलाई सरकारले प्रतिबन्ध लगाएकाले आफुहरु बाध्य भएर संघर्षमा जानुपरेको उनको भनाई छ । नेता रणदीपले संघर्षका क्रममा झुट्ठा मुद्दा लगाएर गिरफ्तार गरिएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरे । गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहा नगरे पार्टी थप शसक्त संघर्षमा जाने पनि उनको चेतावनी छ । आफूहरुको संघर्षबाट उत्पन्न हुने परिणामको भागीदार सरकार स्वंम हुने उनको बताए ।

    सरकारले प्रतिबन्ध लगाएपछि नेकपाको गतिविधि कालिकोटमा झन् बढ्दै गएपछि सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको बुझिएको छ । गत मंगलबार राति नरहरीनाथ गाँउपालिकाको कार्यालय स्थानीय जनताहरुले जलाएपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए । उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ ।’

    नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ । जिल्लाको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोटवाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो । कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेको छ । प्रहरीले गत ५ गते मात्रै नेकपा सर्लाही जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको थियो । उक्त हत्याको चौतर्फी बिरोध भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ