• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैलालीको गौरीगङ्गा नगरपालिकाको कार्यालयमा बम बिस्फोट, के छ अवस्था ?

    20K
    SHARES



    धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको कार्यालयमा मंगलबार बिहानै बम बिस्फोट भएको छ । चौमालाबाट स्थानीयले संचारकेन्द्रलाई टेलिफोन दिएको जानकारीअनुसार मंगलबार बिहान करिब ४ बजेको आसपासका ठुलो आवाजसहित बिस्फोट भएको हो ।

    यता इलाका प्रहरी कार्यालय चौमालाले बिस्फोट भएको पुष्टि गर्दै कुनै मानवीय क्षति भने नभएको बताएको छ । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक बिदुर बहादुर चन्दका अनुसार बिहान ४  समयमा उक्त बिस्फोट भएको हो ।

    ‘बिहान ४ बजेतिर नगरपालिका कार्यालयको बरन्डामा बिस्फोट भएको छ । विस्फोट भएको ठाउँमा एउटा झोला पनि भेटिएको छ ।’ प्रहरी सहायक निरीक्षक चन्दले संचारकेन्द्रसंग भने -‘टाइम बम हुनसक्छ भन्ने शंका लागेको छ । घटनाबारे थप अनुसन्धान हुदैछ ।’

    बम बिस्फोट गराएर एउटा व्यक्ति जंगलतिर भागेको नगरपालिकाका गेटपालेले जानकारी दिएको उनले बताए । विस्फोटबाट सामान्य क्षतिको भएको उनको भनाइ छ । नेपाल बन्द सफल पार्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोट गराएको हुनसक्ने उनले बताए ।

    कैलालीमा बन्दको पूर्ण प्रभाव छ । बिहानी सेवाको स्कुल कलेजहरु बन्द छन् भने यातायात पनि ठप्प छ । बजार ब्यबसाय पनि खुलेको छैन । यस्तै यता प्युठान नगरपालिका ४ जुम्री बसपार्कमा संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    होटल डाइमोन्ड अगाडि गिर्नेड आकर को पत्रीका लगाइ बाहिरी साइट मा घडी राखी तार ले बेरेर राखिएको अवस्थामा भेटिएको हो । साथै खतरा को इन्टु लगाइ राखेको हुनाले सकास्पद बस्तु रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए ।

    उनले भने,–‘संकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारीमा छौँ । ’ बन्दको समयमा जिल्लामा सुरक्षा अवस्था कडा पारिएको उनले बताए । संकास्पद बस्तु कहि कसैले देखेमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण प्युठान लगाएत ५ नंम्बर प्रदेशका १२ जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ ।

    बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेका छन । असार ५ गते पार्टीको काम सकेर फर्कने क्रममा पौडेललाई प्रहरीले सर्लाहीको लालबन्दी १ लखन्ती स्थित खोलामा नियन्त्रण्मा लिएर रहस्यमय तरिकाले हत्या गरेको आरोप लगाउदै विप्लपले बन्दको आवहन गरेको हो ।

    यस्तै उता अछाममा गएराति नै २ वटा सरकारी कार्यालयमा आगजनी भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ र ढकारीगाउँपालिका वडा नम्बर ५ को कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको छ।

    पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।

    भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेको थियाे। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।  यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन।

    गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको जिम्मा अहिलेसम्म कसैले नलिए पनि नेपाल सफल पार्न नेकपाले नै आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि देशभरको जनजीवन ठप्प बनेको छ । बन्दका कारण बिहानी सेवाका शैक्षिक सस्थाहरु ठप्प छन भने यातायात पनि चल्न सकेको छैन ।

    केपी ओली नेतृत्वको सरकारले आफ्ना निहत्था जिल्ला इन्चार्ज कुमार पौडेलको गोली हानी हत्या गरेको भन्दै नेकपाले त्यसको विरोधमा मंगलबार एक दिने नेपाल बन्दको आयोजना गरेको हो ।  मुख्या राजमार्ग राति १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सावारी साधान चलेका छैनन् ।

    विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी साधन चलेका छैनन् । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

    बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो ।

    यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।

    यता गृहमन्त्रालयले बन्दको प्रभावलाई मध्यनजर गर्दै राजधानी काठमाडौंसहित देशभरको सुरक्षा ब्यबस्था कडा पारेको छ । काठमाडौंमा सोमबार साँझदेखि नै चोक चोकमा व्यापक प्रहरी परिचालन गरेको छ । बन्दकै दिन उता अछाममा दुईवटा सरकारी कार्यालयमाथि आगजनी भएको छ ।

    जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ र ढकारीगाउँपालिका वडा नम्बर ५ को कार्यालयमा सोमबार राति अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कार्यालय सम्पुर्ण रुपले ध्वस्त भएको त्यहाँबाट प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई टेलीफोन गरेर जानकारी दिएका छन् ।

    आगजनीको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन तर नेपाल बन्द सफल पार्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । नेपाल बन्द सफल पार्न सहयोग गरिदिन नेकपाले सबै पक्षलाई अनुरोध गर्दै अवज्ञा नगर्न चेतावनी पनि दिएको छ ।

    साथै ओली सरकार नागरिक हत्यामा उत्रिएर फासिवादी शैलीमा दमनमा उत्रिएको भन्दै त्यसको विरोधमा संघर्षस्वरूप गरिएको नेपाल बन्दको अवज्ञा नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ