• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाले गर्‍यो यस्तो अपिल, देशभर मसाल जुलुस सम्पन्न

    9.8K
    SHARES



    काठमाडौं । कम्युनिष्ट पार्टीले ओली सरकारको ज्यादतीबिरुद्ध आव्हान गरिएको नेपाल बन्द सफल पार्नका लागि साथ दिन सबै पक्षलाई आव्हान गरेको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट  पार्टी  सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले सोमबार वक्तव्य जारी गर्दै यस्तो आव्हान गरेका हुन ।

    निर्माणले ओली सरकारद्वारा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या र फासिवादी हर्कतका विरुद्ध भोलि मङ्गलबारका लागि पार्टीले आह्वान गरेको नेपाल बन्द पूर्ण सफल पार्न सक्रिय भएर लाग्न पार्टीका सबै तह र तप्काका कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

    सरकारको हत्या, हिंसा र सबैखाले ज्यादतिका विरुद्ध आयोजना गरेको नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम सफल पारिदिन पनि उनले अपिल गरेका छन् । सरकारको फासिवाद, नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गैरन्यायिक हत्या, राष्ट्रघातलगायतका कदमविरुद्ध भन्दै नेकपाले असार १० गते नेपाल बन्दसहित आम हडतालको कार्यक्रम सार्वजनिक गरेको थियो ।

    सरकारले गरेका राष्ट्रघात, जनघातविरुद्ध, जनतन्त्रका पक्षमा नेकपा आन्दोलित रहेको र बौद्धिक समुदायसँग खुला रूपमा छलफलमा आउन चाहेको भए पनि वली सरकारले युद्ध भड्काउने दुष्प्रयास गरिरहेको निर्माणको वक्तव्यमा उल्लेख छ ।

    उनले भनेका छन्, ‘सामाजिक फासिवादी दलाल सरकार र पार्टी नियन्त्रणमा लिइएका हाम्रो पार्टीका कमजोर चेतना र आत्मबल भएका मानिसलाई आत्मसमर्पण गराउने र राजनीतिक रूपमा दृढ भएकाहरूलाई कथित मुठभेडका नाउँमा हत्या गर्ने वा आजीवन जेल हाल्ने काम गरिरहे पनि हाम्रो पार्टी जनतामा लोकिप्रय बनिरहेको छ ।’

    उनले अत्यावश्यकीय मानवीय संवेदनाका साधनबाहेक सबै क्षेत्र बन्द गरिएर नेपाल बन्द सफल बनाइदिन जनसमुदायमा अपिल पनि गरेका छन् । यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाले देशभर मसाल जुलुस सम्पन्न गरेको छ । काठमाडौंसहित, पश्चीम नेपालको महेन्द्रनगर, धनगढी, नेपालगन्ज, दाङ, बुटवल, चितवन पोखरा, विराटनगर, हेटौंडा, धरान लगायतका मुख्य शहरमा नेकपाले मसालजुलुस निकालेको छ ।

    त्यस्तै पहाडी जिल्लाहरु डडेलधुरा, अछाम, यता सल्यान, रोल्पा र रुकुम, भोजपुर, काभ्रे, सिन्धुली लगायतका जिल्लामा समेत मसाल जुलुस सम्पन्न भएको उक्त पार्टीले जनाएको छ । नेपाल बन्दको पुर्व संन्ध्यामा मेची र कोशी ब्युरोका १० ओटै जिल्लामा मशाल जुलुस सम्पन्न भएको छ ।

    तेह्रथुमको १ स्थान म्याङ्लुङ र जिरिखिम्तिको बीचभागमा, सुनसरीको इटहरी हलगाडा, धरानको पानमारा र बराहा नगरपालिकाको एक स्थानसहित ३ स्थानमा, मोरङ्गको पथरी, रंगेली, र सुन्दर हंरैचासहित ३ स्थानमा, धनकुटाको १ स्थानमा, ताप्लेजुङको खेजिनिम र हेल्लोकसहित २ स्थानमा, इलामको फाकफोकथुम र सुर्योदयसहित २ स्थानमा मसाल जुलुस सम्पन्न भएको नेकपाले संचारकेन्द्रलाई बतायो ।

    त्यस्तै उत्तरी मोरङ्गको १ स्थानमा, दक्षिणी इलामको १ स्थानमा, झापाको दमक, गौरादह, शिवसताक्षी, कमल, झापा, बिर्तामोड, हल्दिबारी, बार्हदशी, अर्जुनधारासहित ९ स्थानमा, पाँचथरको १ स्थानमा गरेर जम्मा २४ स्थानमा मशाल जुलुस सम्पन्न भएको ब्युरो कार्यालयका सचिव श्रीजनले रातो खबरलाई जानकारी दिएका छन् ।

    उनका अनुसार २४ स्थानमा पार्टीका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको उल्लेख्य र आक्रमक सहभागिता रहेको थियो । यस्तै नेपाल बन्दको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी, कन्चनपुरले मशाल जुलुस प्रदर्शन गरेको छ ।

    भिमदत्तनगर र शुक्लाफाँटा नगर क्षेत्रमा सोमबार साँझ मशाल जुलुस निकाल्दै नेकपाले राज्यले आफुहरुलाई शान्तिपुर्ण तरिकाले राजनीतिक गतिविधि सञ्चालन गरिरहेका बेला हत्या गरेको भन्दै सरकारले देशलाई जर्वजस्त द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ ।

    शुक्लाफाँटामा मशाल जुलुसपछि नेकपाले कोणसभा गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले सरकारले अनावश्यक दमन गरेको भन्दै यो सरकारको अन्त्य अनिवार्य हुँदै गईरहेको बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ