• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ब’म वि’स्फोटमा निधन भएकाहरु जनमुक्ति सेनाका कमाण्डरदेखि विद्यार्थी नेतासम्म, यसो भन्छन् विप्लव

    17.7K
    SHARES



    काठमाडौं । आइतबार काठमाडौंमा भएको शृंखलाबद्ध रुपमा भएको ब’म वि’स्फोटमा निधन भएकाहरु जनमुक्ति सेनाका कमाण्डरदेखि विद्यार्थी नेता रहेको पुष्टि भएको छ ।

    नेकपा महासचिव विप्लव सोमबार नेपाल बन्द सकिएपछि एक विज्ञप्ति जारी गर्दै ब’म बि’स्फोटमा निधन भएअकाहरु सबै नेपाल कम्युनिष्ट पार्टीकै नेता, जनमुक्ति सेना र जबस मोर्चाका कमाण्डरहरु भएको पुष्टि गरेका हुन । विप्लवले कपन र घट्टेकुलो विस्फोटको जिम्मा पनि लिएका छन् ।

    साथै उक्त घटनामा निधन भएका चारैजनालाई सहिद घोषणा समेत गरेका छन् । त्यसैगरी विप्लवले विज्ञप्तिमा प्रहरीको गोली लागेर मृत्यु भएका भोजपुरका तिर्थराज घिमिरेलाई पनि सहिद घोषणा गरेका छन् ।

    महासचिव विप्लवले सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । साथै काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

    ‘जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जाननदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ।’

    विप्लवले सरकारी दमनका कारण आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएको बताएका छन्। साथै यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको तर्क पनि उनले गरेका छन्।

    कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको विज्ञप्तिमा उल्लेख छ।

    ‘यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् । सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ।

    त्यसैगरी विप्लवले पार्टी निकट युवक संगठन भोजपुरका नेता तिर्थराज घिमिरेलाई प्रहरीले भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमाबाट गिरफ्तार गरी हत्या गरेको बताउँदै उक्त घटनाको प्रतिरोध गर्नु अनिवार्य कर्तव्य भएको बताएका छन् ।

    “केपी-पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिका लागि गरिएका सङ्घर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता÷कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्मकि दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन् । साथै यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा विप्लवले सहिदहरूको बलिदान खेर जान नदिने भन्दै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । नेपाल बन्दको पूर्वसन्ध्यामा घट्टेकुलो, कपन र चन्द्रगिरीमा बिस्फोट हुँदा नेकपाका चार जनाको मृत्यु हुनुको साथै ६ कार्यकर्ताहरु घाइते भएका छन् ।

    विज्ञप्तिमार्फत नै विप्लवले राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरेका छन् ।

    यसैबीच घट्टेकुलो बम विस्फोटमा परी ज्यान गुमाएका प्रज्ज्वल शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा परी शाहीको ज्यान गएको थियो ।

    प्रहरीले घटना स्थलबाटै शाहीको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो । पोष्टमार्टमपछि आजै शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो । शिक्षण अस्पताल पुगेर आफन्तले शल बुझेका थिए ।

    बझाङ घर भएका शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य र सोही संगठनको सिटीइभिटीको उपत्यका विशेष जिल्ला अध्यक्ष समेत हुन् । अन्त्यष्टीमा पशुपतिमा आफन्तको साथै शुभचिन्तको बाक्लो उपस्थित थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ