• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रिय सदस्य शाहीको पहलमा फोक्सो बिरामीलाई आर्थिक सहयोग

    6.4K
    SHARES



    काठमाडौं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य कपिलबहादुर शाहीको पहलमा एकजना फोक्सो बिरामीलाई आर्थिक सहयोग जुटेको छ ।

    कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन गाह्रो भएर फोक्सो सम्बन्धि रोगले थला परेका कालिकोटका राकेश योगीको उपचारका लागि शाहीको नेतृत्वमा मलेसियामा ४५ हजार नगद जुटेको हो ।

    कालिकोटको लालु ३ का योगी फोक्सोसम्बन्धि रोगको गम्भीर सङक्रमण देखिएपछि अहिले काठमाडौंटिचिङ अस्पतालमा उपचाररत छन्। सानै उमेरमा बाबू आमाको मायाबाट बन्चित भएका योगी सामान्य मजदुरी गरेर जीबन निर्बाह गर्दै आएका थिए ।

    फोक्सो समन्धी रोगको सङक्रमण देखिएपछ टिचिङ हस्पिटलमा उपचार गराउन पुगेका योगीलाई उपचार खर्च ४० देखि पचास लाखसम्म लाग्ने चिकित्सकहरुले बताएका छन।

    योगीको उपचारका लागि आर्थिक अभाव भएपछि कालिकोटकै खाडचक्रका स्थानीय समेत रहेका कपिल बहादुर शाहीले मलेसियामा ४५ हजार जुटाएर नेपाल पठाएका छन् । साथै योगीको उपचारका लागि सहयोग गरिदिन उनले सबैलाई अनुरोध पनि गरेका छन् ।

    राकेश योगीको उपचारको लागि सहयोग गर्न उनकाे मोबाइल ९८६५७७८८३९मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै प्रबासमा रहेका नेपालीहरुले सहयोग गर्न चाहेमा आफ्नो मोबाइल नम्बर ६०११३९९१३४२७ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ