• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवको विज्ञप्तिपछि ओली सरकारभित्र भूकम्प, प्रहरीलाई दियो यस्तो आन्तरिक निर्देशन

    39.8K
    SHARES



    काठमाडौं । प्रहरीको गोलीबाट नेकपा कार्यकर्ता तिर्थराज घिमिरे मारिएपछि यतिबेला ओली सरकारको आलोचना बढेको छ । निशस्त्र कार्यकर्तालाई गिरफ्तार गरेर हत्या गरेको भन्दै नेकपाले आन्दोलनको घोषणा समेत गरेको छ ।

    बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेकपा महासचिव विप्लवले ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

    सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे ‘राजु’लाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोको भन्दै विप्लवले घोर आपत्ति जनाएका थिए ।

    हत्याको साहारा लिएर कुनै मुक्ति अभियान नरोकिएको समेत उनले प्रष्ट पारेका छन् । विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेका छन्।

    उनले केपी सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने पनि घोषणा गरेका छन् । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको उनले बताएका छन् ।

    विप्लवको यस्तो विज्ञप्तिपश्चात ओली सरकारभित्र भूकम्प गएको छ । यति बेला विप्लव नेतृत्वको नेकपा आक्रोशित बनेको र प्रहरीलाई निशाना बनाउनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीलाई गृहमन्त्रालयले आन्तरिक निर्देशन जारी गरेको छ । गृहमन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेकपाले आक्रमण गर्नसक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको स्रोतले बतायो ।

    प्रहरीले बिहीबार मात्रै मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको छ । यसबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको स्रोतले बतायो ।

    प्रतिबन्धपश्चात ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीविरुद्ध नेता-कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ अर्न्तगत गाउँ-गाउँमा प्रहरी परिचालन गरेको छ । घटनामा संलग्न नभएका सामान्य तहका कार्यकर्तालाई समेत समातेर प्रहरीले हिरासतमा राखिरहेको छ भने अदालतको आदेशपछि केहि रिहा पनि भएका छन् ।

    प्रहरीले नेता कार्यकर्तालाई हिरासतमा राखेर यातना पनि दिएको रहस्य खुलेको छ । हालैमात्र थुनामुक्त भएपछि संचारकेन्द्रसँग कुरा गर्दै नेकपाका एक नेताले हिरासतमा रहेका बेला आफुले प्रहरीबाट चरम यातना पाएको बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा ति जिल्लास्तरीय नेताले संचारकेन्द्रसँग भने -‘युद्धकालिन अवस्थामा जस्तै यातना दियो । हाम्रा साथीहरुलाई गिरफ्तार गर्दै यातना दिँदै गरिरहेको देखियो ।’

    प्रतिबन्धपछि नेकपाका ३ सय बढी नेता-कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई  प्रहरीले गिरफ्तार गरिसकेको छ । सरकार कार्यकर्ताकै हत्यामा उत्रिएपनि नेकपा भने संयमित तरिकाले आफ्ना राजनीतिक कार्यक्रमहरु अघि बढाइरहेको छ ।

    नेकपा अहिले पनि शान्तिपूर्णरुपमा आफ्ना गतिविधिहरु गरिरहेको छ । नेकपामाथिको दमन र प्रतिबन्धको चौतर्फीरुपमा बिरोध भैरहेका बेला भोजपुरमा प्रहरीले एक कार्यकर्ताको गोली हानेर ज्यान लिएको घटना सबैको चासोको बिषय बनेको छ ।

    बुधबार महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा – ”हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ ।’

    साथै उनले अगाडि भनेका छन्- ‘केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।’

    उनले सरकारलाई जनघाती, राष्ट्रघाती र भ्रष्टचारीको संज्ञा दिँदै सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि चरणबद्धरुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    सरकारको निरंकुशताबिरुद्ध घोषणा गरिएको उक्त कार्यक्रमलाई सहयोग गरिदिन सबै उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतलाई अपिलसमेत विज्ञप्तिमार्फत गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ- ‘जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।’

    यस्तो छ विप्लवको विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ