• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा महासंघको ऐक्वयबद्धता र्‍याली, रिहा भएका पत्रकार महर्जनलाई अभिनन्दन

    6.5K
    SHARES



    काठमाडौँ । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍यालिको आयोजना गरेको छ ।

    बुधबार विहान काठमाडौंको बबरमहलदेखि शुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥यालि नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

    महासंघका विभिन्न शाखाहरु, एशोसियट संस्थाहरुमा आवद्ध सयौं पत्रकार, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारसंग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अझैपनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताए ।

    अध्यक्ष आचार्यले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्रका, नागरिकका अधिकार र राष्ट्रियताका लागि लड्दै आएको संस्था रहेको अवगत गराउँदै आगामी दिनमा समेत लोकतन्त्र, प्रेस स्वतन्त्रता, तथा नागरिक अधिकारका लागि खरो ढंगले उत्रने बताए । सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तिनै तहमा प्रेस स्वतन्त्रा मैत्री सञ्चार कानुन बनाउन, स्वरोजगारमूलक साना लगानीका सञ्चारमाध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रर्वद्धनका लागि महासंघ सबै सरोकारवालासंग हातेमालो गर्दै सबैको सुझाव र सल्लाहका आधारमा अघि बढ्न चाहेको आचार्यले बताए ।

    कार्यक्रममा नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस सोसाइटीका संयोजक केशव अर्याल, क्रान्तिकारी संगठन नेपालका महासचिव बाबुराम भुषाल, डब्लुडब्लुजेकी अध्यक्ष अम्बिका राजथला, सञ्चारिका समुहकी उपाध्यक्ष कमला पन्थी, क्रन्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालगायतले र्‍यालीलाई ऐक्यबद्धता जनाउदै सभामा आफ्ना भनाईहरु राखेका थिए ।

    बक्ताहरुले विभिन्न संघर्षहरुबाट प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाकालागि महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कोणसभामा सर्वोच्च अदालतको आदेश विपरित अदालत परिसरबाट गिरफ्तार गरी मंगलबार मात्रै रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई महासंघले अभिनन्दन गरेको थियो ।

    अभिनन्दनपछि पत्रकार महर्जनले आफ्नो रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघलगायतका संघ-संस्थाप्रति अभार प्रकट गर्दै आफुलाई यो घटनाले पत्रकारितामा लाग्न अझ बढि प्रेरित गरेको भन्दै आगामी दिनमा अझ बढि क्रियाशील हुने प्रतिबद्धता जाहेर गरेका थिए । मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवसको अबसर र श्रमिक दिवसमा ऐक्यवद्धता जनाउन र्‍यालीको आयोजना गरिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ