• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘देशमा क्रान्तिको खाँचो छ, परिवर्तनका लागि मर्न पनि तयार छु’- रेखा थापा

    8.1K
    SHARES



    ????????????????????????????????????

    काठमाडौं । चर्चित नायीका रेखा थापाले देश परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताएकी छन् । आइतबार काठमाडौंमा ‘नो ट्याक्स नो एनसेल’ अभियानका बिषयमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा राखेकी हुन् ।

    देशमा परिवर्तनको खाँचो औंल्याउदै नायीका थापाले भनिन्,“हाम्रा पुर्खाहरु देश र परिवर्तनका लागि सहिद बने, आज पनि देशमा क्रान्तिको आवश्यकता देखिएको छ । म त मर्न पनि तयार छु । सबै जनता तयार हुनुपर्छ, अन्यथा देश यथास्थानमै रहने छ ।” नेपालमा हरेक कुरामा फिक्सिङ हुने गरेको बताउदै ,थापाले एनसेल करछली प्रकरणमा पनि उच्च पदस्थ कर्मचारीदेखि राजनीतिक नेतृत्वको मिलेमतो रहेको आरोप लगाइन् ।

    उनले यस्तो अवस्थामा जुनसुकै सर्तमा पनि सरकारलाई एनसेलबाट कर असुल्न जनताले दबाब दिनुपर्नेमा जोड दिइन् । भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्,“उता गाउँमा सिटमल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ ?”

    पुराना पार्टी र नेताहरु पूर्णरुपमा असफलसिद्ध भइसकेको भन्दै बदलिएको परिस्थितिमा सक्षम र उपयुक्त नयाँ विकल्पको खोजि गरिनुपर्ने थापाको भनार्इ छ । साथै सत्यको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिन युवाहरुलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले अर्बौ रकम पूँजीगत लाभकर नतिरेको भन्दै त्यसविरुद्ध सबै नेपाली बोल्नुपर्ने

    यसैबिच काठमाडौंको संबाद डबलीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै जीवन प्रशिक्षक कार्कीले जनताको भविष्य सुरक्षित गर्नुपर्ने राज्यले नै जनताविरोधी तत्वहरुलाई संरक्षण गर्न थालेपछि त्यस्तो अवस्थामा जनताले आफ्नो विद्रोहको अधिकार प्रयोग गर्नु अपराध नभएको बताएका छन् ।

    एनसेलको सिम प्रयोग गर्नेहरुसँग कुनै गुनासो नभएको प्रष्ट पार्दै उनले गुनासो र आक्रोश कमिसनको खेलमा एनसेलको भ्रष्टाचारमाथि पर्दा हाल्ने दलालहरुसँग भएको तर्क गरे ।

    उनले भने – ‘एनसेल सिम प्रयोगकर्तामाथि हाम्रो बिरोध होइन । एनसेल चलाइरहेका उपभोक्तामाथि हाम्रो आक्रोश पनि होइन । हामीले के भनेका छौं भन्दा जब तपाईको लागि लड्ने राज्य, जब तपाईलाई सुरक्षित गर्ने राज्य तपाईको बिरोधिलाई सुरक्षित गर्न जान्छ भने त्यति बेला तपाईले जनताको विद्रोहको अधिकार प्रयोग गर्नुहुन्छ । त्यो अधिकार अपराध होइन ।’

    एनसेल घोटाला काण्डकै बिरोध गर्नेहरुमाथि धरपकड गरेर राज्यले ३/४ सयको संख्यामा देशभक्तहरुलाई हिरासतमा राखेको अवस्थामा एनसेलमाथि ताला लगाउनुपर्ने आवाज उठाइरहेका सत्तारुढ दलका केहि भातृ सङ्गठनका नेताहरुलाई उनले ‘तपाईहरु पनि हिरासतमा जान लाग्नुभएको हो ?’ भन्दै कडा प्रश्न गरेका छन् ।

    उनले भने -‘अहिले सत्ताधारी दलका भातृ सङ्गठनका केहि साथीहरुले बोलिरहनुभएको छ की एनसलेलाई ताला लगाइदिनु पर्छ, एनसेलले नेपालमा ब्यबसाय गर्न पाउदैन । तर हिजो यसैगरी एनसेलको बिरोध गर्दाखेरि ३/४ सय मान्छेलाई हिरासतमा राखिएको छ । आज एनसेललाई ताला लगाउनुपर्छ भन्ने सत्तारधारी युवा साथीहरुलाई मेरो प्रश्न छ- के अब तपाईहरु पनि हिरासतमा जाँदै हुनुहुन्छ ? या एनसेलको कारणले हिरासतमा पुगेका साथीहरुलाई फर्काउदै हुनुहुन्छ ?’

    त्यहि कुरा सत्तारुढ दलका मान्छेले उठाउदा राष्ट्रभक्ति हुने तर अरु कसैले उठाउदा कसरी गलत भयो ? भन्दै उनले सत्तापक्षका युवा नेताहरुलाई प्रश्न तेर्स्याएका छन् । जीवन प्रशिक्षक कार्कीले सोधे – ‘तपाईहरुले बोल्दा त्यहि कुरा जायज हुने, न्यायको आवाज र देशभक्ति हुने तर त्यहि कुरा अरु कसैले बोल्दा हिरासतमा पुग्नुपर्ने ? यो कस्तो खालको चरित्र हो सरकारको ?’

    वर्तमान दलाल संसदीय व्यवस्थाबाट जनताको मुक्ति र सबै समस्याको सामधान सम्भव नभएको ठोकुवा गर्दै उनले त्यो कुरा आम नेपाली युवाहरुले बुझ्नुपर्ने बेला आइसकेको बताए । देशमा भ्रष्ट कम्पनी, दलाल सरकार, मिलेमतोमा चल्ने कानुन प्रणाली, कर्पोरेट मिडिया, अख्तियार लगायत बुद्धिजीवीको ठुलो कित्ता र देशमा सबैखालका बीचार बनाउनेहरुलेको ग्रुप मिलेर नै जनतालाई शोषण गरिरहेको उनको भनाइ छ ।

    बिद्रोही नेकपाका युवा नेता समेत रहेका कार्कीले यस्तो अवस्थामा एउटाको मात्रै बिरोध गरेर नहुने भन्दै सबैलाई एकएक गरी ठोक्नुको विकल्प नभएको बताए । नेपाली जनताको श्रम पसिना चुसेर खाने एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको पनि उनको भनाइ छ ।

    ‘नो ट्याक्स नो एनसेल’ अर्थात एनसेलको सिम बहिस्कार अभियान्ता समेत रहेका कार्कीले एनसेल करछलि प्रकरण एउटा उदाहरण मात्रै भएको भन्दै बालुवाटार, खुलामञ्च, निर्मला पन्त, सुन तस्करीलगायत सबै प्रकरण वर्तमान राजनीतिक प्रणलीको उपज भएको तर्क गरे ।

    एनसेल करछली प्रकरण भनेको कम्पनीहरुबाट राजनीति र राज्य समेत संक्रमित हुने एक प्रकारको रोग भएको उनको विश्लेषण छ । राज्यका सबै निकायमा यसको संक्रमण भएका कारण यसलाई ‘एनसेल सिन्ड्रोम’ भन्नुपर्ने उनको तर्क छ ।

    अभियान्ता कार्कीले भने,- ‘यो एनसेलको रुपमा देखिएको ज्वरोको भित्री कारण भनेको अर्थ ब्यबस्था रोगी हुनु हो । कम्पनीहरुबाट राजनीति र राज्य संक्रमित हुने रोग हो । राज्यका सबै निकायमा यसको संक्रमण भएको कारण यसलाई ‘एनसेल सिन्ड्रोम’ भन्नु पर्छ । यो देशलाई पक्षघात गराउने अर्थ ब्यबस्थाको लक्षण हो । यसको समयमा उपचार नभर पुरै देश भाडामा दिएर खाने बाटोमा जान्छ ।’

    त्यस्तै नेपालको राजनीतिक ब्यवस्था र यहाँका पार्टीलाई रेलसँग तुलना गर्दै उनले भने-‘रेलको ट्रयाक, गति बिग्रिन थाल्यो भने रेल नै फेर्नुपर्छ । एक डिब्बाबाट अर्को डिब्बामा सरेर सहि गन्तब्यमा पुगिदैन । डबल नेकपा, काँग्रेस, मधेशी दल, नयाँ शक्ति, विवेबशीललगायत संसदिय पार्टीहरु एउटै रेलका भिन्नभिन्न डिब्बा मात्रै हुन् ।’

    बताइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ