• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारी नेकपा प्रवेश भन्दै प्रकाशित भ्रमपूर्ण समाचारको बुढाथोकीद्वारा खण्डन

    5.7K
    SHARES



    काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघमा आबद्ध खेलाडी पुरुषोत्तम बुढाथोकीले भ्रमपूर्ण समाचारको खण्डन गरेका छन् । केहि दिन पहिला सरकारी नेकपा अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेको भन्ने भ्रमपूर्ण समाचार आएपछि बुढाथोकीले बिज्ञप्ति जारी गरेर उक्त समाचारको खण्डन गरेका हुन् ।

    उनले जारी गरेको बिज्ञप्तिमा चैत २६ गते ललितपुरका आफ्ना साथीहरु समेत रहेका सरकारी नेकपाका स्थानिय कार्यकर्ताहरुले साथिभाइहरुको जमघट छ भनि झुक्याएर प्रचण्ड भएकोप स्थान पुर्याएको समेत जनाइएको छ ।

    बिज्ञप्तिमा भनिएको छ- “मेरा साथीहरुले मलाई साथिभाइको जमघट छ भनि मलाई झुक्याएर त्यहा पुर्याए । त्यहा पार्टी प्रवेशको कार्यक्रम रखिएको रहेछ । म त्यहा पुगेपछि मात्र थाहा पाए ।अनि मलाई हात मिलाएर जाउ भन्दै एक्कासी प्रचण्डलाई बोल्न लगाएर पार्टी प्रवेश गरेकोमा स्वागत छ भनेपछि आकष्मिक कार्यक्रम रखिएको रहेछ भन्ने बुझियो । त्यहा मैले तत्काल कुनै प्रतिक्रिया जनाउने अबस्था नरहेको र मेरा लागि अप्रत्याशित परिस्थिति सृजनाभएको जानकारी गराउदछु ।”

    बुढाथोकीले आफु बिगत १६ बर्षदेखी खेलकुद क्षेत्रमा क्रियाशील भएको जनाउदै आगामी दिनमा पनि खेल जगतमा रही राष्ट्रिय हितका लागि काम गर्ने बताएका छन् । त्यस्तै उनले हालसम्म आफु जुन खेलकुद संगठनमा रहेर राष्ट्रको हितमा काम गरेको छु आगामी दिनमा पनि उक्त खेलकुद संगठनमा नै क्रियाशील रहने जनाएका छन् ।

    बुढाथोकीले आफु आबद्ध संगठनको बिचार सिद्धान्त र एजेण्डाले मात्र खेलकुद र खेल जगतमा लागि परेका युवाहरुको हित हुने कुरामा बिस्वस्त रहेको समेत जनाउदै सरकारी नेकपा प्रवेशको भ्रमपूर्ण समाचारबाट भ्रमित नहुन सबैमा आग्रह गरेका छन् ।

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघमा आबद्ध बुढाथोकीलाई केही दिन पहिला सत्तारुढ नेकपाका स्थानिय कार्यकर्ताहरुले झुक्याएर प्रचण्ड निवास पुर्याई पार्टी प्रवेश कार्यक्रममा सहभागी गराएका थिए । त्यसपछि पार्टी प्रवेश गरेको भन्दै नेकपा निकट संचारमाध्यममा समाचार प्रकाशन भएको थियो।

    बुढाथोकी लामो समयदेखि खेलकुद क्षेत्रमा रहेर इमान्दारितापुर्बक काम गर्दै आइरहेका युवा भएका कारण बढ्दो प्रगति देखेर अगाडी बढिरहेको गतिलाई कमजोर बनाउन उनको सोझोपनको फाइदा उठाउदै सत्तारुढ नेकपाका कार्यकर्ताले बुढाथोकीको बद्नाम गरेको उनका नजिकका स्थानिय बताउछन् ।

    बुढाथोकीलाई चिन्ने उनका नजिकका साथीहरुले भने झुक्याएर पार्टी प्रवेश गराउने सरकारी नेकपाका कार्यकर्ताको हर्कतले बुढाथोकीको नभई प्रचण्डकै बद्नाम भएको बताएका छन् । बुढाथोकीले संचारकेन्द्रसंग कुरा गर्दै आफु आफ्नो पार्टी, राजनीति र संगठनप्रति प्रतिबद्ध रहेकोले यस्ता सड्यन्त्रपुर्बक हर्कतबाट आफुलाई केहि फरक नपर्ने बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ