• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार महर्जनलाई नछोडे कडा संघर्षमा जान्छौं – क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल

    6K
    SHARES

    काठमाडौं । पत्रकार जितेन्द्र महर्जनलाई सम्मानित अदालतले रिहा गरे पनि अदालतको गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरेको घटनाप्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    न्हुगु जोजोलप्पा पत्रिकाका प्रधान सम्पादक महर्जनलाई हिजो सर्वोच्च दालतले रिहाको आदेश दिएको भएपनि प्रहरीले फेरि गिरफ्तार गरेको थियो । सङ्गठनले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महर्जनलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

    संगठनका अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भूशालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने प्रावधान विपरित दिन प्रतिदिन विभिन्न बहानामा पत्रकारहरुलाई गिरफ्तार गर्नु र यातना दिनु गम्भीर बिडम्बना हो । यसले राज्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विषयमा उदासीन भएको तथ्यलाई पुष्टि गर्दछ ।’

    प्रेसमाथि हुने सवै खालका हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त सङ्गठन पत्रकारलाई अपराधीलाई जस्तै हत्कडी लगाउनु घोर आपत्तिजनक विषय भएको जनाएको छ । यसप्रकारको घटनाले सरकार सकेसम्म प्रेसलाई दमन गर्न चाहन्छ भन्ने तथ्य पुष्टि भएको क्रान्तिकारी पत्रकार सङ्गठन]ले जनाएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ – ‘हाम्रो संगठन प्रेस जगतमाथि भईरहेका यस खाले दमनका बिरुद्ध संघर्ष गर्न र पत्रकार जितेन्द्र महर्जनलाई विना शर्त रिहा गराउनका लागि पहल गर्न नेपाल पत्रकार महासंघ र अन्य पत्रकार संगठनहरुलाई आग्रह गर्दछ । पत्रकार महर्जनलाई न्युनतम मौलिक अधिकारको मान्यता विपरित गैरन्यायिक धरपकड गरी यातना दिएको घटना प्रमाणित भएको छ ।’

    पत्रकार महर्जनको निशर्त रिहाईका लागि जोडदार माग गर्दै उक्त सङ्गठनले अन्यथा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समते दिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ – ‘हामी यस खालका प्रेश विरोधी हर्कत रोक्न राज्य पक्षलाई आग्रह गर्दछौँ । हाम्रो संगठन पत्रकार महर्जनको निशर्त रिहाईका लागि जोडदार माग गर्दछ । अन्यथा हामी कडा आन्दोलन गर्न बाध्य हुने छौँ । ’ पत्रकार महर्जनलाई विप्लव नेकपालाई सहयोग गरेको आरोपमा सरकारले राज्यद्रोहको मुद्धा लगाउने तयारी गरेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ