• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मध्यराति ओली-प्रचण्डलाई विप्लवको अर्को चेतावनी- भिषण प्रतिरोधका लागि हामीलाई बाध्य नपार

    12K
    SHARES



    काठमाडौं । नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    शनिबार अबेर राति एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भनेका छन्- “सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ ।’

    सरकारले बैशाख ६ गतेका दिन पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः बिनाकारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहाई गर्न माग गरेका छन् । पार्टीमाथिको प्रतिबन्ध हटाएर दमन र गिरफ्तारी नराेकिए जनतालाई साथमा लिएर गरिने प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुने पनि उनको चेतावनी छ ।

    ‘यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं । यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    ओली सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपाको गतविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि ठूलो संख्यामा नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

    यसरी गिरफ्तार हुनेमा स्थायी समिति सदस्य सुदर्शन, पोलिट ब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु बसन्त श्रेष्ठ, चुडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्द रहेका छन् । त्यसैगरी सयौंको संख्यामा ब्युरो सदस्य, जिल्ला सदस्यहरु गिरफ्तार भएका छन् । सरकारले घोषणा गरेको प्रतिबन्धको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध भैराखेको छ । विज्ञप्तिकाे पूर्णपाठ

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ