• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प, ठाउँ-ठाउँमा बम भेटिए, पाल्पामा बिस्फोट

    6.3K
    SHARES



    काठमाडौं । पार्टीमाथिको प्रतिबन्ध, गिरफ्तारी र धरपकड, भ्रष्ट्राचार र घुसखोरीको अन्त्यका लागि संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । बन्दका कारण देशभरको जनजीवन ठप्प बनेको छ ।

    बन्दका कारण काठमाडौंमा बिहानी सेवाका स्कुल, कलेजहरु चलेका छैनन् भने लामो तथा छोटो दूरीका यातायात पनि ठप्प छन् । काठमाडौं फ्याट्टफुट्ट मोटरसाइकल तथा ट्याक्सी मात्रै चलेको देखिन्छ । अधिकांश सडकहरु सुनसान छन् ।

    उपत्यकाबाहिर बन्दको प्रभाव निक्कै परेको छ । यसैबीच बन्दको दिन बिहानैदेखि देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम भेटिएपछि कतिपय स्थानको जनजीवन त्रस्त बनेको छ ।

    काभ्रेको पनौती-७, खोपासीमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्किय पारेको छ ।

    त्यस्तै उता पाल्पामा त बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।

    रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको अनलाइनखबरकर्मी टोपराज शर्माले जनाएका छन् । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

    यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

    अनलाइनखबरकर्मी राजन दाहालका अनुसार कार्यालयको गेट अगाडि कालो प्लाष्टिकमा राखिएको कुकरमा बम लेखिएको छ । शंकास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिए ।

    मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ । कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ ।

    त्यहाँस्थित सञ्चारकर्मी दीपक उपाध्यायका अनुसार, गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो । बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ