• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार महर्जनको रिहाईका लागि महासंघद्धारा सर्वोच्चमा रिट

    6K
    SHARES



    काठमाडौं । न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक जितेन्द्र महर्जनको रिहाईका लागि नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ ।

    महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रवार नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधन विरुद्ध भन्दै बिनाशर्त रिहाईका लागि रिट दायर गरेका हुन् । गत २६ गते दिउसो पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला अपहरण शैलीमा महर्जनलाई कार्यालयबाटै गिरफ्तार गरी एकदिन चरम यातना दिएर जिल्ला अदालतमा म्याद थप गरिएको थियो ।

    ‘पत्रकारलाई गिरफ्तार गर्नु गैरकानुनी मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, रिट दायर गर्नुपर्ने कारण खोल्दै केन्द्रीय सदस्य जैसीले भने, ‘यसअघि पनि अनाहकमा पत्रकारहरु पक्राउ परे, समग्र पत्रकारको रक्षा गर्ने संस्था महासंघको तर्फबाट मलाई अख्तियारी दिएपछि रिट हालेको हुँ ।’ महर्जनको पक्षमा बैशाख २ गते बरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिल चन्द्र पोखरेललगायतका कानुन ब्यबसायीहरुले सर्बोच्चमा बहस गर्दैछन् ।

    वर्षदिन अघि पनि जलजला मासिकका प्रधानसम्पादका खेम थपलिया, पत्रकार दिपेश शाहीलगायतका पत्रकारहरु पक्राउ पर्दा महर्जन पनि गिरफ्तार परेका थिए र महासंघले सबै पत्रकाहरुको पक्षमा त्यो बेला बन्दीप्रत्यक्षीकरण रिट दायर गरी रिहा भएका थिए ।

    केही दिनअघि मात्र प्रहरीले कालिकोटमा रेडियो पत्रकार कर्ण विक र क्रान्तिकारी पत्रकार संगठन, नेपालका सचिव राजेन्द्र अघिकारी पनि गिरफ्तार गरिएको थियो । नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाललगायत विभिन्न सञ्चार संघ÷संगठनको दवावका कारण उनीहरुलाई बिना शर्त रिहा गर्न सरकार बाध्य भएको थियो ।

    पछिल्लोपटक सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नजिक रहेको भन्दै देशभर पत्रकारहरुलाई गिरफ्तार गर्ने र सञ्चार सस्थालाई निगरानीमा राखेर धम्क्याउने गरिरहेको छ । गत साता सञ्चार केन्द्रलाई प्राप्त जानकारी अनुसार सञ्चार केन्द्र डटकमलगायत ६ वटा सञ्चारमाध्यमलाई गृह मन्त्रालय र सरकारले निगरानीमा राखेको तथ्य फेला परेको छ ।

     

     

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ