• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवलाई सपोर्ट गर्दै अस्ट्रेलिया कम्युनिस्ट पार्टीले लेख्यो यस्त्रो भावुक पत्र, प्रतिबन्ध हटाउन माग

    18.2K
    SHARES



    दिया चन्द, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्धको चौतर्फी बिरोध भइरहेको बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुले पनि चिन्ता र चासो व्यक्त गरेका छन् ।

    नेकपामाथिको प्रतिबन्धको नेपालका सबै कम्युनिष्ट पार्टीहरुले बिरोध गरिरहेका बेला अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन पत्र मार्फत अनुरोध गरेको छ ।

    नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन र नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी मान्यता दिई गिरफ्तार गरिएका पार्टिका सबै नेता कार्यकर्ताहरुको रिहाइकोसमेत माग गर्दै माक्र्सवादी—लेनिनवादीका अध्यक्ष निक जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका हुन् ।

    प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्रमा अध्यक्ष निक जीले भनेका छन- “तपाईको सरकारले नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीले गर्ने गतिविधिमाथि लगाएको प्रतिबन्ध हटाउन सम्मानपूर्वक अनुरोध गर्दछौं । नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी मान्यता दिई गिरफ्तार गरिएका पार्टिका सबै सदस्यहरुलाई रिहाइ गर्नेसमेत हामी माग गर्दछौं।”

    हिजो नेपालमा भ्रष्टाचार अन्त्य र विदेशी हस्तक्षेप विरुद्ध नेपाली माओवादी पार्टीको नेतृत्वमा जनयुद्ध भएकाे र आज भ्रष्टाचार, साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रिय विस्तारवादविरुद्ध लडिरहेकाहरुलाई कम्युनिष्ट सरकारले कसरी दमन गर्न सक्छ ? भन्दै उनले प्रश्न समते गरेका छन् ।

    “नेपाली माओवादी-लेनिनवादीहरुले नेतृत्व गरेको जनयुद्ध नेपालमा भ्रष्टाचार अन्त्य र विदेशी हस्तक्षेप विरुद्ध थियो । आज भ्रष्टाचार, साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रिय विस्तारवादविरुद्ध लडिरहेकाहरुलाई कम्युनिष्ट सरकारले कसरी दमन गर्न सक्छ ?”  पत्रमा अध्यक्ष जीले अगाडि लेखेका छन्- “हामी नेपाल सरकारलाई नेपालको सार्वभौमिकता र स्वतन्त्रता, सामाजिकसुरक्षा र नेपालीको प्रजातान्त्रिक अधिकार रक्षाका लागि नेपाल कम्युनिष्ट पार्टीसँग सार्थक वार्ताका लागि आह्वान गर्दछौं ।”

    अस्ट्रेलिया कम्युनिष्ट पार्टीको उक्त पत्रले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता र उसका समर्थक शुभचिन्तकहरुलाई भावुक बनाएको छ । नेकपामाथिको धरपकड र प्रतिबन्धको बिरोध नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि भइरहेको उनीहरुको बुझाई छ ।

    बिगतदेखि नै नेकपामाथि धरपकड, गिरफ्तारी र खानतलासीको सिलसिलामा चलाउदै आएको ओली सरकारले प्रतिबन्धपश्चात अझै यो कार्य बढाएको छ । प्रतिबन्धपछि नेकपाका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य जीवन्तसहित केन्द्रीय तहका नेता र सयौं कार्यकर्ताहरुलाई गिरफ्तार गरिसकेको छ ।

    बुधबार मात्रै सर्वोच्च अदालतले नेता सुदर्शनकी छोरीले दिएको बन्दी प्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले सुदर्शनकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको हो। यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो।

    विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। बुधबार नै नेता सुदर्शनले सर्वोच्च अदालतमा ६ मिनेट लामो बयान दिएका छन् । उनले सर्वोच्चमा दिएको बयानको अडियो संचारकेन्द्रले प्राप्त गरेको छ ।

    बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासमा नेता सुदर्शनले काभ्रेबाट दिउसो १२ बजे ललितपुरको ठेचो ल्याएर हातहतियार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफूहरुलाई जबर्जस्ती फसाउन खोजिएको बताएका छन् ।

    ठेचो आइपुग्दासम्म आफूहरुको झोलामा केहि पनि त्यस्तो समग्री नभए पनि मिसिलमा ‘मेड इन जापान’ भनेर लेखिएको पेस्तोल भेटिएको भनी झुटो कुरा उल्लेख गरिएको बताएका छन् । ‘त्यो दिन आफूसँग उक्त ‘मेड इन जापान’ लेखिएको पेस्तोल भइदिएको भए त्यसबेला परिस्थिति भिन्नै हुनसक्थ्यो’ उनले बयानका क्रममा भने ।

    यसैबीच सुदर्शनसहितका गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइ र प्रतिबन्धको प्रतिकार गर्दै नेकपाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेकको छ ।

    सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेकपा महासचिव विप्लवले ओली सरकारको प्रतिबन्धलाई नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् ।

    उनले भनेका छन्- ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

    नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

    ‘इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।’ उनले भनेका छन्

    ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ ।

    हेर्नुहोस् महासचिव विप्लवको विज्ञप्तिको पूर्ण पाठ

    नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा “एउटा मजाक”को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रम माथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय ग¥यो ।

    त्यस पछि लगतै ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गा वहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडि बाट गोलीहानी घाइते बनाईयो ।

    काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरप्तार ग¥यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क. सुदर्शन सहित ९ जनालाई गिरप्तार ग¥यो । फाल्गुण २८ गते पछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको छ । घर मा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ । गाउँमा सुरुक्षा निकायको अप्रेशनको आतंक छ ।

    ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।

    नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो ।

    ०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युष्टि पार्टी हो ।

    यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।

    उपरोक्त उद्देश्यको निम्ति आफ्नो स्थापनाकाल देखि हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । यो आफ्नो द्येयमा तिव्रगतिमा अगाडि बढिराखेको छ ।

    ०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।

    त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

    नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी हो । इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।

    नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।

    अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौं ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ