• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    क्रान्तिकारी पत्रकार संगठन काठमाडौंको जिल्ला कार्यसमिति विस्तार, नामावलीसहित

    5.6K
    SHARES



    काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपाल काठमाडौं साखाले कार्यसमति विस्तार गरेको छ । शुक्रबार संवाद चौतारीमा बसेको बैठकले जिल्ला कार्यसमिति बिस्तार गर्दै १५ सदस्यीय बनाएको छ ।

    शुक्रबार बसेको बैठकले ९ जना पत्रकारलाई कार्यसमितिमा लैजाने निर्णय गरेको क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका काठमाडौं जिल्ला अध्यक्ष करन बडालले जानकारी दिएका छन् ।

    उनका अनुसार नयाँ सदस्यहरुमा घनश्याम श्रेष्ठ, श्यामलाल भुसाल, सुमन जोशी, लक्ष्मी भण्डारी, श्रीराम वाग्ले, शिव काफ्ले, लक्ष्मण लम्साल, मेघराज सेवा, प्रवेश न्यौपानेलाई कार्यसमिति सदस्य बनाइएको हो ।

    बैठकमा बोल्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष जन्मदेब जैसीले क्रान्तिकारी पत्रकार संगठन काठमाडौं जिल्ला कार्यसमितिले विगतमा महत्वपूर्ण कार्यक्रमहरु गरेर संगठनलाई स्थापित गराएको भन्दै नयाँ कार्यसमितिले पनि क्रान्तिकारी आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    त्यस्तै अब क्रान्तिकारी संगठनले छिट्टै ललितपुर तथा भक्तपुर जिल्लामा पनि कमिटी गठन गर्ने तयारी गरेको क्रान्तिकारी पत्रकारका उपाध्यक्ष जैसीले बताए । बैठकले काठमाडौं जिल्ला कार्यसमितिका पदाधिकारी करनसिंह बडाल, शैलेस डंगोल, केशब भुल र शोभराज बराल सम्पादक मण्डल रहने गरी जनपत्रकारिता प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ