• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    12.8K
    SHARES

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन गाउँपालिकाको  बाटुलासैनको छाताशैनमा मंगलबार दिउसो १ बजेतिर आफ्ना कार्यकर्ताहरुलाई समात्न प्रहरीले ७ राउण्ड गोली चलाएको नेकपाले दावी गरेको छ ।

    सुराकीको सूचनाको आधारमा जिल्लाबाट बाटुलासैन पुगेको प्रहरीले गोली प्रहार गरेर नेकपाका ४ जना कार्यकर्तालाई गिरफ्तार गरेको हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयले संचारकेन्द्रलाई जानकारी दिए ।

    गिरफ्तार पर्नेहरुमा नेकपानिकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश राउत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद , अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा सङ्गठनकै राजेन्द्र धामी रहेका छन् । प्रहरीले गोली चलाए पनि कसैलाई कुनै क्षति भने नभएको बताईएको छ ।

    यस विषयमा जिल्ला प्रहरी कार्यालय अछामले कुनैपनि जानकारी दिन चाहेन । यता नेकपा अछामले भने निशस्त्र आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरेर आतंकित पार्दै गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।

    तयस्तै मंगलबार नै प्रहरीले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपाका कार्यकर्तालाई समातेको छ। कास्कीमा मंगलबार उक्त पार्टीका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका हुन। उनलाई पोखराको लेखनाथबाट प्रहरीले पक्राउ गरेको हो। गुरुङ उक्त पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन्। पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जानकारी दिए। त्यसैगरी तनहुँ प्रहरीले नेकपाका ३ पक्राउ कार्यकर्ता पक्रेको छ। केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति गिरफ्तार परेका हुन्।

    सुनार र कुमाल आफ्नै घर र बुढा बन्दीपुरको याम्पाफाँटबाट पक्राउ परेका थिए। म्याग्दीमा जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन गिरफ्तार परेका छन्। मालिका गाउँपालिका-३ का पुनसहित म्याग्दीमा प्रहरीले अरु २ जनालाई पनि गिरफ्तार गरेको जनाएको छ।

    त्यस्तै उता नवलपरासीमा पनि नेकपाका जिल्ला इन्चार्ज र भातृ संगठनका अध्यक्षसहित तीनजना गिरफ्तार गरेको छ। पश्चिम नवलपरासी जिल्ला इन्चार्ज ‘सुमन’, जनपरिषद्का जिल्ला प्रमुख दानबहादुर आचार्य र नगर इन्चार्ज गणेश ढकाललाई पक्राउ परेको जिप्रका नवलपरासीका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

    रुपन्देहीको खैरहनी घर भएका ज्ञवाली बर्दघाट नगरपालिका-४ मा बस्दै आएका छन्। परिवारलाई भेट्न आएका ज्ञवाली सोमबार राति पक्राउ परेका हुन्। अर्घाखाँचीमा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका ज्ञवालीलाई दुई वर्षअघि नवलपरासी पठाइएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ।

    त्यसैगरी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले  नेकपाको भातृ संगठन ‘जिल्ला जनपरिषद्’ प्रमुख दानबहादुर आचार्यलाई पनि गिरफ्तार गरेको छ । विनयी-त्रिवेणी गाउँपालिका-३ सुनई घर भएका आचार्यलाई मंगलबार दिउँसो सर्दी आउने क्रममा पक्राउ गरिएको नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

    त्यस्तै सोमबार राति नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि पक्राउ गरिएको उपरीक्षक रानाभाटले जनाएका छन्। कावासोती नगरपालिका-१५ शेरगञ्जका मर्दनियालाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो।

    दुवैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ। यसअघि पश्चिम जिल्ला प्रहरी कार्यालयले बर्दघाटका नगर इन्चार्ज गणेश ढकाललाई गिरफ्तार गरेको छ ।उनीमाथि ‘राष्ट्रसेवक कर्मचारीमाथि हातपात’ गरेको अभियोगमा मुद्दा चलाइएको बुझिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ