• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    6.1K
    SHARES

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले अर्को आइतबार उपस्थित गराउन आदेश दिएको छ ।

    न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले ८ दिनको म्याद थप गरेको हो । सुदर्शनका तर्फबाट  ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । कानुन व्यावसायिहरुले राजनीतिक दलालाइ ‘अपराधीक समूह’ भन्दै संगठित अपराधजस्तो अन्तर्राष्ट्रिय अपराधीक गिरोहलाइ लगाउने कानुन सुदर्शनसहितका नेता कार्यकर्तालाई लगाउन नमिल्ने भन्दै बहस गरेका छन् ।

    सुदर्शनसहित ९ जनाबिरुद्ध हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा लगाइएकाे छ । नेता सुदर्शनसँग प्रहरीले अहिलेसम्म कसैलाई पनि भेट्न दिएको छैन ।

    शुक्रबार गिरफ्तार गरेका सबैलाई प्रहरीले ललितपुरको जंगलमा एकरात बेपत्ता पारेरको परिवारको आरोप छ । सुदर्शनको टोलीलाई ललितपुरको ठेचो पुर्याएर प्रहरीले हतियार भिराएको परिवारको आरोप छ । प्रहरीले अदातमा पेस गरेको फाइलमा ५ थान हतियार बरामद गरिएको उल्लेख छ । सअघि भने प्रहरीले उनीहरुकाे साथाबाट हतियार बरामद भएकाे विषयमा केहि जानकारी दिएको थिएन ।

    सुदर्शनसहित गिरफ्तार परेका धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि रहेका छन् । उनीहरु सबैलाई एउटै मुद्दा लगाएको छ । यता नेता सुदर्शनको पारिवारिक स्रोतले पनि उनलाई जबर्जस्ती फसाउन खोजिएको भन्दै आम संचारकर्मी र मानवाधिकारकर्मीको ध्यानाकर्षण गराएका थिए ।

    यसैबीच सुदर्शनको गिरफ्तार परेपछि आइतबार सिंहदरवारमा भने अर्कै त्रास फैलिएको छ । अन्य दिनमा परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो तर आइतबार भने सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ ।

    परहरी उच्च स्रोतले दिएको जानकारी अनुसार सुदर्शनको गिरफ्तारीसँगै आइतबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै ओली सरकारले सिंहदरबार प्रदेशमा कडाई गर्न निर्देशन दिएपछि प्रहरीले सबैका झोला खानतलासी गर्न थालेको हो ।

    सिंहदरवार प्रवेश गेटमा आइतबार सुरक्षा जाँचका कारण लामै लाइन लागेको छ । नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    केहिदिन अघि प्रहरीले सुदर्शनलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् ।

    उक्त अप्रेशनका क्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई बुधबार पक्राउ गरेको थियाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ