• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विद्रोही नेकपाको पार्टी कार्यालय प्रहरी कब्जामा, इन्चार्ज-सेक्रेटरी भन्छन्-‘फिर्ता लिएर ताला लगाइयो’

    9.7K
    SHARES



    बुटवल । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपामाथिको दमन सरकारले व्यापक बनाएको छ । सोमबारमात्रै प्रहरीले रुपन्देहीमा नेकपाको पार्टी कार्यालय कब्जा गरेको छ ।

    नेकपा रुपन्देहीले पाल्पारोड स्थित ‘रातो घर’मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले आफ्नो पार्टी कार्यालयमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।

    नेकपाले एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जामा लिएकोप्रति घोर भत्र्सना तथा निन्दा गरेको हो । नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीले एक विज्ञप्ति जारी गर्दै यस्तो हर्कत बन्द गर्न आग्रह गरेका छन् ।

    आफूहरुले १३ बर्षदेखि पार्टी कार्यालय सञ्चालन गर्दै आइरहेको उक्त कार्यालयमा बिना सुचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र खाली गर्न चेतावनी समेत दिएको भन्दै यस्तो हर्कत नदोहो¥याउन समेत उनीहरुले चेतावनी दिएकाे छ ।

    ‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृहप्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कतविरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील समेत गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    नेकपाले वाणिज्य बैंक र प्रहरीले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तिमार्फत जानकारी दिदैं फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत विज्ञप्तिमार्फत दिएको छ ।

    प्रतिबन्ध लगाएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठन सुदृढ तथा विस्तार अभियान जारी राखेको छ । अभियानको क्रममा सरकारले लगाएको प्रतिबन्धको बेवास्ता गर्दै (नेकपा)का नेता–कार्यकर्ताहरु पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरिरहेका छन् ।

    कञ्चनपुरमा सत्तारुढ (नेकपा)का १ सय २० नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । अभियान टोली प्रमुख जीवन नेपालीले सरकारले लगाएको प्रतिबन्धबारे आफ्ना नियमित कार्यक्रममा कुनै असर नपरेको बताए ।

    सरकारले युद्ध चाहेपनि आफूहरुले नचाहेको भन्दै नेपालीले आफूहरु जनताकै बीचमा रहेको बताए । उनले आफूहरुले सरकारले लगाएको प्रतिबन्धलाई जनताको बाीचमा लिइरहेको र पार्टीमा प्रवेशको लहर चलेको बताए । “सरकारले नेकपामाथि दमनको नीति अख्तियार गरे पनि हामी जनताको बीचमा आफ्नो अभियान निरन्तर चलाएका छौँ । सरकारले युद्ध चाहे पनि हामी युद्ध चाहँदैनौँ । हामी सरकारका कर्तुत जनताको बीचमा लिइरहेका छौँ । कुनै पनि जनता सरकारसँग सन्तुष्ट छैन । सरकारले काम गर्न नसकेपछि हाम्रो पार्टीमा जनताले उत्साहका साथ प्रवेश गर्ने क्रम बढेको छ” नेपालीले भने ।

    जिल्लामा नेकपामाथि स्थानीय प्रशासनले कडा निगरानी गरेको छ । गाउँगाउँमा नेकपाका नेता–कार्यकर्ताहरुले संगठन विस्तार गरिरहेका छन् । सरकारले नेकपालाई सहयोग गर्नेलाई पनि गिरफ्तार गर्न आदेश दिइरहेको बेला गाउँगाउँ भने प्रवेशको लहर चलेको छ ।
    मन्त्री बिना मगरको चुनाव क्षेत्रबाट पूर्वमाओवादी केन्द्रका स्थानीय नेता, कार्यकर्तासहित अन्य पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरिरहेका छन् ।

    मन्त्री मगरको क्षेत्रबाट नेकपामा प्रवेश गर्नेहरुको सूचीः कस्तुरा डंगोरा, मोतीलाल ठगुन्ना, थारू लोहोरा, लालकुमारी चौधरी, दीपादेवी चौधरी, आशादेवी चौधरी, सरस्वती चौधरी, रूपादेवी चौधरी, लक्ष्मी डडौरा, राधादेवी चौधरी, बुहिराम थारू, मोतीलाल खुना, आशाराम थारू, लालमन चौधरी, प्रकाश डंगोरा, राधा चौधरी, लक्ष्मी डंगोरा, सीता चौधरी, कुस्मिता चौधरी, धनमती लुहार, पशुपति चौधरी, वद्रीचरण चौधरी, मनीष चौधरी, दिलबहादुर विक, हीरासिंह भण्डारी, रामप्रसाद जोशी, पञ्चा चौधरी, जहरसिंह भट्ट, धीरसिंह राना रहेका छन् ।

    त्यस्तै  चिरविर चुनारा, झमक ओड, गणेश तिरुवा, देवी राना, दीपक सार्की, जगतराम चौधरी, गोपाल तिरुवा, दिनेश चौधरी, शेरबहादुर लावड, महना तिरुवा, जानकी जैसी, कमला विक, मानबहादुर भण्डारी, धनबहादुर विष्ट, इन्द्रदेवी तिरुवा, हजारी तिरुवा, धनबहादुर बिष्ट, टेकबहादुर बिक, कष्ण हमाल रहेका छन् ।

    त्यसैगरी पुनर्वास नगरपालिका २ बाट दहलमान लोहार, रमेश घिसिङ, गणेश लामा, जनक तामाङ, जनक विक, दीपक एसके, प्रताप दमाई, मोहन सिजापति, चक्रबहादुर विक, कृष्ण नेपाली, रमेश विक, अमर विक, शंकर नेपाली, हरिलाल दमाई, किशन बोहोरा, हरि खड्का, ईश्वर रोकाया, कृष्ण नेपाली, प्रेम विक, लालबहादुर विक, सुरेश आकरी नेकपामा प्रवेश गरेका छन् ।

    त्यस्तै बेलौरीबाट खड्क नेपाली, जगदीश नेपाली, दानबहादुर विक, सुनील दमाई, जानकी भट्ट, गणेश जैसी, जीवन बोहोरा, कृष्ण नेपाली, विष्णु जैसी, कलभी राना, हिक्मत कुँवर, गणेश चौधरी नेकपामा प्रवेश गरेका छन् भने बेलौरी १० मा गोविन्द चौधरी, गोविन्द राना, मानमति राना र शङ्कर लुहार प्र्रवेश गरेका छन् ।

    अभियानको क्रममा शुक्लाफँटा वडा नं. ४ बाट केशव डडौरा, सुशीला चौधरी, मोतीलाल चौधरी, लक्ष्मीदेवी राना, बहादुर भण्डारी, वीरसिंह खुना, छेदका खुना र सेर्त खुना, लालझाडी ४ मा ओमप्रकाश राना, गणेश राना, भाइजान राना, कल्लु राना, भक्त राना, भीम राना, बिन्दा राना, लालझाडी ५ शान्ति सार्की, दिलबहादुर भाट, गणेश ऐर, जगदीशराम लुहार, खेमराज नेपाली, पुनर्वास नगरपालिका ३ मा गगन विक, देवराज गिरी, प्रज्वल, दीपक तामाङ, सुनिल नोली, दानबहादुर विक, जयराज नेपाली, कृतबहादुर बिष्ट, सागर नेपाली, धना विक, कौशिला विक, सरिता सार्की, हर्क दमाई, जसु नेपाली, कल्पना विक, कल्पना दमाई र पशुपति सिजापतिले सत्तारुढ (नेकपा) परित्या गरेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ