• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रतिबन्धको २४ घण्टा नबित्दै काठमाडौंसहित देशभर नेकपाको मसाल जुलुस, पोखरामा बम पड्कियो

    10.2K
    SHARES



    काठमाडौं । केपी ओली सरकारले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै नेपाल कम्युनिष्ट पार्टीले देशभर मसाल जुलुस निकालेको छ । फागुन ३० गते अर्थात् भोलि बुधबार नेपाल बन्द आव्हान गरेको नेकपाले पूर्वसन्ध्यामा देशभर मसालजुलुस गरेको हो ।

    काठमाडौंको कलंकी, मध्यबानेश्वर, गोंगबु क्षेत्रसहित ललितपुर, भक्तपुर, पोखरा, चितवन, बुटवल, दाङ, सल्यान, जाजरकोट, रोल्पा रुकुम बाँके, बर्दिया, कैलाली, महेन्द्रनगर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा समेत नेकपाले राँके जुलुस निकालेको छ ।

    त्यस्तै पुर्वको बिराटनगर, इटहरी, धरान, सुनसरी, सिन्धुलीको हरिहरपुर लगायतका देशका सबै जिल्लामा नेकपाले मसाल जुलुस निकालेको उक्त पार्टीका एक केन्द्रीय सदस्यले संचारकेन्द्रलाई बताए । नेकपाले ओली सरकार दमनमा उत्रिएको भन्दै त्यसको विरोधमा बिहिबार नेपाल बन्द आव्हान गरेको छ ।

    नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानी काठमाडौंमा सुरक्षा थ्रेड बढेको छ । बुधबार साँझ राजधानीको मुटु मानिने सिंहदरवारको पूर्वीगेट नजिकै शंकास्पद बस्तु भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको अनामनगरबाट एक प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।

    कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिपछि बम हुनसक्ने भन्दै प्रहरीले सुरक्षा दिएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।

    उता पोखरामा पनि नेपाल बन्दको पूर्वसन्ध्या ठुलो आवाजसहित बम बिस्फोट भएको छ । पोखराको औद्योगिक क्षेत्र आसपासमा ठुलो आवाजसहित बिस्फोट भएको त्यहाका स्थानीयले जानकारी दिएका छन् । बुधबार राति ९ बजेतिर निक्कै ठुलो भयानक आवाज सुनिएपछि आफूहरु बाहिर निस्किएको स्थानीयले बताएका छन् । उक्त बिस्फोटबारे प्रहरीले केहि जानकारी दिएको छैन ।

    सामाजिक संजाल फेसबुकमा समेत बम बिस्फोटको आवाज सुनिएको भन्दै कतिपयले स्टाटस नै लेखेका थिए । यता नेकपाले बन्दको घोषणा गरिरहँदा नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ ।

    बन्दको प्रतिवादका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै आवश्यकता अनुसार स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ