• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेयर रेणु दाहालको महानगरपालिकामा शक्तिशाली बम बिस्फोट, यस्तो छ क्षतिको विवरण

    12.7K
    SHARES



    चितवन ।  प्रचण्ड पुत्रीसमेत रहेकी मेयर रेणु दाहालको महानगरपालिकामा शक्तिशाली बम बिस्फोट भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा अज्ञात समुहले गराएको शक्तिशाली बिस्फोटका कार्यालय पूर्ण रुपमा जलेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनी कार्यालयसँगै कागजपत्र पनि जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो ।

    बिस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । तर बिस्फोटको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धानथालेको छ ।  नेकपा अध्यक्ष एवं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिल्ला भएका कारण प्रहरीले चितवनलाई उच्च सुरक्षा दिएको बुझिएको छ

    प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभामा निर्वाचित भएका थिए । छोरी रेणु भरतपुर महानगरपालिकाको प्रमुख रहेका कारण र गृहजिल्ला भएका कारण प्रचण्डको चितवन आउजाउ पछिल्लो समय बाक्लो बनेको छ ।

    यसैबीच चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अन्य जिल्ला भन्दा सुरक्षाका दृष्टिले चितवन बढि नै संबेदनशील रहेको स्विकार गरे । जिल्लाको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै बिशेष सुरक्षा योजना तत्कालै बनाइने बस्नेतले बताए ।

    घटनाको जिम्मा कसैले नलिएपनि विद्रोही नेकपाले बिस्फोट गरेको प्रहरीको अनुमान छ । यसैबीच विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता कार्यकर्ता र समर्थक शुभचिन्तकमाथि दमन बढाएको भन्दै भोलि नेपाल बन्द आव्हान गरेको छ ।

    जनताका मुद्दासहित भिभिन्न राजनीतिक एजेण्डा बोकेर शान्तिपूर्ण राजनीतिमा होमिएको नेकपामाथि केपी ओली सरकारले धरपकड, दमन र गिरफ्तारी बढाउन थालेपछि नेकपा आक्रोशित बनेको छ ।

    पार्टी महासचिव विप्लवले आफ्ना नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा जनता नै त्रसित हुनेगरी गरिएको अप्रेशन र प्रहरी दमनबिरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

    शुक्रबार कपिलवस्तुमा आफ्ना कार्यकर्तामाथि गोली प्रहार गरी घाइते बनाएपछि विज्ञप्‍ति जारी गरेर विप्लवले ओली सरकारले देखाएको फासिवादी रबैयाको कडा शब्दमा बिरोध गरेका छन् ।

    “केपी-प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ । दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुन सुन्दरीडाडा जंगलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरीबाट केन्द्रीय सदस्य कमरेड वन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।” महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    ओली सरकारले गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

    “गाउँगाउँमा संकटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ, साथै घाइते कमरेड दुर्गा रोकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।”  विज्ञप्तिमा अगाडि भनिएको छ- “यी सम्पूर्ण राज्य—आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झुट्टा मुद्दाप्रति सबै राजनैतिक शक्ति, मानवधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस भन्ने आग्रह गर्दछौं”

    सरकारले राष्ट्रघात,भ्रष्टाचार, तस्करीविरुद्ध आफ्नो पार्टीले संघर्ष गरिरहेको भन्दै विप्लवले प्रतिरोध संघर्षको बाटो पकडेको बताएका छन् । उनले हाल सरकारले दमन गरेको भन्दै सहन नसकिने भन्दै त्यसको प्रतिरोध गर्नु आफूहरुको कर्तव्य ठानेको बताएका छन् ।

    “सवैलाई थाहा छ कि हाम्रो पार्टीले दलाल पूँजीवादीसत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडीरहेको छ ।” विज्ञप्तिमा अगाडि भनिएको छ, – “विडंवना, कथित वामपन्थी, कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाति, जनघाति, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिराध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं ।”

    हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न नसकिने उनले प्रष्ट पारेका छन् । कपिलवस्तुको शिवगडीका जनताले सरकारी दमनको न्यायपूर्ण प्रतिरोध गरेको भन्दै महासचिव विप्लवले  त्यसरी नै देशव्यापी प्रतिरोध आवश्यक रहेको बताएका छन् ।

    “हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन । जसरी शिवगडीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैलागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेनाप्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल वन्द आयोजना गरेको छ ।”  विज्ञप्तिमा अगाडि भनिएको छ, – “यो वन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु वन्द गरेर सहयोग पुर्याइदिन हुन विशेष आग्रह गर्दछौं ।”

    महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन गरेको भन्दै फासिवादी चरित्र उदाङ्गो भएको बताएका छन् ।

    “केही दिन अगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फाँसिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौं कि उनीहरुले जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस सामाजिक दलाल पूँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौं ! फागुन ३० गते नेपाल बन्द गरौं” विज्ञप्तिमा उल्लेख छ ।

    यता मंगलबार साँझ मात्रै ओली सरकारको मन्त्रिपरिषद्ले विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयको चौतर्फी बिरोध र आलोचना भइरहेको छ । यस विषयमा भने विप्लव आफैले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्धपि अन्य नेता कार्यकर्ताहरुले भने सरकारी प्रतिबन्धको कडा प्रतिवाद गर्ने बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ