• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवमाथि प्रतिबन्ध लगाएलगत्तै ओली-प्रचण्डलाई झट्का, कार्यकर्ता भकाभक नेकपा प्रवेश गर्दै

    16.2K
    SHARES



    काठमाडौँ । यता सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध घोषणा गरेको छ भने उता गाउ-गाउमा सत्तारूढ़ नेकपा परित्याग गरेर बिद्रोही नेकपामाँ प्रवेश गर्ने लहर चलेको छ ।

    पश्चिम नेपालको कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपा प्रवेश गर्नेहरूको लहर चालेको हो। कञ्चनपुर जिल्लाको वेदकोट वडा नम्बर ५ मा सत्तारूढ (नेकपा) परित्याग गरी २० जना नेकपामा प्रवेश गरेका छन् ।

    पार्टी प्रवेश गर्नेहरूलाई जनजागरण अभियान २ का टोली इन्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए । त्यस्तै कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा तीन दर्जनभन्दा बढी पार्टी प्रवेश गरेको खबर प्राप्त भएको छ । पछिल्लो समय सरकारले जनताका पक्षमा काम गर्न नसकेको, दिनानुदिन राष्ट्रघाती काम गर्दै गएको भन्दै सत्तारूढ पार्टी परित्याग गर्ने क्रम बढेको छ ।

    संगठन सुदृढ एबम् जनजागरण अभियान २ लिएर गाँउ-गाँउ पुगेको नेकपाले दिनानुदिन जनस्तरमा आफ्नो पकड बालियो बनाउदै गएको देखिन्छ । सरकारी दमन र धरपकडकाबीच अभियान टोलीहरुले गाउमा आफ्ना गतिबिधिहरु निरन्तर अगाडी बढाईरहेका छन् ।

    यसैबीच सरकारले लगाएको प्रतिबन्धबारे नेपाल कम्युनिस्ट पार्टीको प्रारम्भिक प्रतिक्रिया जनाएको छ । उसले सरकार सामाजिक फासिवादको यात्रामा अगाडि बढेको बताएको छ ।

    पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सरकारको निर्णयको शसक्त प्रतिवाद गर्ने बताएका छन् । बुधबार सन्चारकेन्द्रसँग कुरा गर्दै नेता पुनले सरकार पञ्चायतीशैलीमा आएको भन्दै त्यसको शशक्त प्रतिवाद गर्ने बताए । “सरकार फासिवादीशैलीमा आएको छ । यो सुधारिएको पञ्चायतशैली हो । केपी–बादल सुधारिएका पञ्च बनेका बनेका छन्” पुनले भने ।

    आफ्नो पार्टीले भनेझैं केपी शर्मा ओली नेतृत्वको सरका सामाजिक फासिवादी भएको पुनले बताउँदै भने, “केपी–प्रचण्डजीहरु फासिवादको अभ्यास गर्दै आएका थिए, त्यो हामीले धेरै पहिले भनेका थियौं । अहिले त्यो पुष्टि भएको छ ।”

    नेता पुनले आफ्ना शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि फासिवादी सरकारले लगाएको प्रतिबन्धको शसक्त प्रतिवाद गर्दै सरकारका गतिविधि पनि गाउँगाउँमा जान नदिने बताए । “उनीहरुले बनाएको संविधान र कानुन विपरित हाम्रो पार्टीलाई शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाएको छ । उनीहरुका कार्यक्रम पनि जनसत्ताले प्रतिबन्ध लगाउँछन्” पुनले भने । गाउँमा सरकारका कुनै पनि गतिविधि गर्न नदिने पुनले चेतावनी समेत दिएका छन् ।

    नेता पुनले गणतन्त्रमा पनि सुधारिएको पञ्चायती व्यवास्था ल्याउन खोजेको भन्दै प्रतिवाद गर्न सबैलाई अपील समेत गरेका छन् । यस विषयमा नेकपाका महासचिव विप्लवको विज्ञप्ति पनि आउने उक्त पार्टीले जनाएको छ ।

    यसैबीच सरकारले लगाएको प्रतिबन्धको सामाजिक संजालामा विरोध भइरहेको छ । प्रतिबन्दको समाचार संचारमाध्यमहरुमा आएसँगै टिकाटिप्पणी हुन थालेको छ । पूर्वमन्त्रीदेखि कलाकार, पत्रकार समेतले प्रतिबन्धले समस्या समाधान नहुने बताएका छन. ।

    माओवादी नेता तथा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले सामाजिक संजाल फेसबुकमा नेकपा राजनीतिक मुद्दाको रुपमा स्वीकारिसकेको अवस्थामा प्रतिबन्ध लगाएकोप्रति आश्चर्य व्यक्त गरेका छन् । विष्टले प्रतिबन्ध लगाएकै हो त ? प्रश्न गर्दैै भने, –नेकपा (विप्लव) माथि प्रतिबन्ध लागेकै हो त ? कारण के कति रहेछ ? हिजोसम्म त राजनीतिक मुद्दा भन्दै थे त ? शुभयात्रा सरकार ।

    सत्तारुढ (नेकपा)का युवा नेता रमेश मल्ले पनि प्रतिबन्धको विरोध गरेका छन् । उनले विगतबाट पाठ सिक्न समेत भनेका छन् । मल्लले फेसबुकमा लेखेका छन् –देशले अर्को द्वन्द्व खेप्न सक्दैन । हामीले धेरै ठूलो मूल्य चुकाएर आएका छौं । त्यसलाई संस्थागत गर्नु आजको दायित्व हो । दुःखद कुरा हामी भड्कियौं, भड्काइयौं । समय छ । आत्मसमिक्षा गरौं । राज्य बढी जिम्मेवार र विवेकी बनौस्, राजनीतिक समाधानका सबै उपायहरु अवलम्वन गरोस् ।

    राप्रपा नेता सुरेशप्रसाद आचार्यले नेकपामाथिको प्रतिबन्ध संविधान विपरित भएको भन्दै एउटा कम्युनिस्टले अर्को कम्युनिस्टमाथि प्रतिबन्ध लगाएमा आश्चार्य व्यक्त गरे । आचार्यले लेखेका छन्–ओली सरकारले सिके राउतको पृथकतावादी ‘स्वतन्त्र मधेस गठवन्धन’ लाई राजनीतिक मूलप्रवाहमा ल्याएँ भनी दावी गरेको ९६ घण्टाभित्र विप्लव नेतृत्वको नेकपा पार्टीलाई संविधान विपरित प्रतिवन्ध (दबल) गर्ने निर्णय गरेको छ । अजव नेपाल, कम्युनिष्ट सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध !

    त्यसैगरी युवा नेता जागृत रायमाभफीले निरंकुश र क्रुर शासकमा पतन प्रतिबन्धबाटै हुने बताएका छन् । उनी अगाडि लेख्छन्–प्रतिबन्धबाटै सुरु हुन्छ निरंकुश र क्रुर शाषकहरुको पतन यात्रा !

    त्यसैगरी पत्रकार देविराम देवकोटाले प्रतिबन्ध लगाएर सरकारले आफ्नै खुट्टामा बन्चरो हानेको बताएका छन् । उनले हिजो टाउकाको मूल्य तोकिएकै हो, प्रतिबन्ध लगाएकै हो, त्यसको परिणाम राजतन्त्र अन्त्य भएको बताए । देवकोटा अगाडि लेख्छन् –हिजो टाउकाको मुल्य ताोकिएकै हो,प्रतिबन्ध लगाएकै हो । त्यसको परिणाम राजतन्त्र अन्त्य भयो । अहिले फेरि प्रतिबन्ध लगाएर आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने सरकार ?

    त्यसैगरी नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहिले विप्लवको पार्टिमाथी प्रतिबन्ध लगाउने सरकारी निर्णयको बिरोध गरेका छन । नेपाली कांग्रेसको युवा संगठनका महासचिव शाहिले सरकारको उक्त कदमलाई मुर्खताको संज्ञा दिएका छन ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार द्धन्द निम्त्याउन लागिपरेको आरोप लगाएका छन ।

    विप्लवलाई शान्तिपुर्ण राजनितिमा लाग्न आग्रह गर्दै शाहिले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, “सिके रावतलाइ खुल्ला गरेर बिप्लब माथी प्रतिबन्ध लगाउनु सरकारको मुर्खता। यो राजनीतिक शक्ति हो। राजनितीक रुपमै हल गर्न पर्छ। सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ। अनि बिप्लब समुहलाई पनि हिन्साको बाटो बाट भन्दा पनि शान्तिपुर्ण बाटो बाट खुल्ला राजनीतिक गतिविधिमा आउन आग्रह गर्दछु।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ