• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विप्लवमाथि प्रतिबन्ध लगाएर गृहमन्त्री बादल एकाएक विदेश उडे, किन गए आजै बिदेश ?

    12.2K
    SHARES



    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेको मन्त्रिपरिषद् निर्णय निर्णय सार्वजनिक गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विदेश भ्रमणमा निस्केका छन् ।

    गृहमन्त्री मंगलवार राती ९ बजे नै लागूऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी अष्ट्रलियाका उडेका हुन् ।स्रोतका अनुसार बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको थियो । प्रस्ताव टेवुल गरेलगत्तै गृहमन्त्री थापा बैठकबाट बाहिर निस्केका थिए । त्यसपछि बैठकमै प्रधानमन्त्रीले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए ।

    सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिननेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । राउतसँग फागुन २४ गते भएको ११ बुँदे सहमति अहिले पनि विवादमा छ । सहमतिमा जनमत संग्रह स्वीकार गरेको भनेर सरकारको आलोचना भएको छ ।

    यसअघि गृहमन्त्री विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी भएर काठमाडौं फर्केका थिए । उनी काठमाडौं फर्केलगत्तै नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय आएको हो ।

    श्रोतका अनुसार नेकपाका गतिविधिले सरकारका काम ओझेलमा पर्दै गैरहेका र सरकार असफल साबित भएको ठहर गर्दै नागरिकले विप्लव नेतृत्वको नेकपामाथि भरोसा मान थालेको निष्कर्षमा पुगेर प्रतिबन्ध लगाइएको बुझिएको छ ।

    नेकपाले एनसेलमाथि गरेको आक्रमण र देशको राजधानी काठमाडौँलगायत देशभर गरिएका शक्तिशाली विस्फोटलागतका घटनाले सरकार सुरक्षाका दृष्टिकोणले समेत असफल भएको बिश्लेषखरुले बताउने गरेका थिए । यसैबीच सरकारले यसरी हतारमा नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाउने सरकार झन् हतास देखिएको विश्लेषकहरुको भनाई छ ।

    सरकारको यस्तो निर्णयले देशलाई युद्दमा धकेल्ने र त्यसको सुरुवात सरकारबाट भएको भन्दै राजनीतिक विश्लेषकहरुले ओली र प्रचण्डले इतिहासमै ठुलो भुल गरेको बताउन थालिसकेका छन् । सरकारको निर्णयले देशको शान्तिप्रक्रिया टुंगिने भन्दा पनि अर्को गृहयुद्धको थालनी हुने बाताबरण बनेको विश्लेषकहरुको भनाई छ ।

    राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै हाल गर्नुको साटो यसरी प्रतिबन्ध लगाउने अपरिपक्क निर्णय गरे लगत्तै देशभर नेकपाका नेता कार्यकर्ताले ब्यापक आक्रोश पोख्न सुरु गरिसकेका छन् । आफुहरुमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयपछी यो समाचार तयार पार्दासम्म नेकपाले आधिकारिकरुपमा आफ्नो धारणा सार्बजनिक गरिसकेको छैन ।

    प्रतिक्रिया