• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कसले गरायो मेनपावर मालिकाको घरमा शक्तिशाली बम बिस्फोट, हेर्नुहोस् भिडियोसहित

    6.8K
    SHARES



    काठमाडौं । काठमाडौंको बसुन्धरास्थित एक म्यानपावर व्यवसायीको घरमा शक्तिशाली बम बिस्फोट भएको छ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत रहेका रोहन गुरुङको घरमा शत्तिशाली सिलिन्डर बम विस्फोट भएको हो । विस्फोटमा परी ४ जना घाइते भएका छन् ।

    बिस्फोटबाट बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडी ध्वस्त भएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

    बम बिस्फोटपछि प्रहरीले अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गरेको छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट गराउँदा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् । ममताको गालामा चोट लागेको छ । थप २ जनाको नाम खुलेको छैन ।

    विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ । आगलागी दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ ।

    अध्यक्ष गुरुङले ७ बजेर ४० मिनेटमा विस्फोट भएको बताए । ‘ विस्फोट भएको ५-७ मिनेटमा आगोको मुस्लो गयो । आगोको धुवाँ निस्कने गरी आगो लाग्यो’, गुरुङले भने, ‘छिमेकीको सहयोगमा आगो नियन्त्रण्मा आयो । आज दिनभरि गाडी घरमा नै राखेको थिएँ ।’  गुरुङको घर आइजी सर्वेन्द्र खनालको घर नजिकै छ।

    गुरुङका अनुसार गाडी पार्किङ गरिएको ठाँउमा ग्यासको सिलिण्ड नराखिएकाले सुनियोजितरुपमाा सिलिन्डर बम विस्फोट गरिएको हो । सिलिन्डरका टुक्रा घरको चार तलामाथिसम्मको ढोका उछिटिएर छिरेका थिए । महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    अध्यक्ष गुरुङको घरमा कसले र किन बम बिस्फोट गराएको हो भन्ने विषयमा अहिलेसम्म केहि पनि खुलासा भएको छैन । बम बिस्फोट गराउने पक्षले केहि पनि सन्देश छोडेर नगएका कारण पनि घटनाबारे केहि खुल्न नसकेको अनुमान छ ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ