• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवको गाउँमा सर्च अप्रेशन चलाउन पुगेको प्रहरीमाथि ढुंगामुढा, स्थानीयले प्रहरीलाई यसरी लखेटे

    14.8K
    SHARES



    काठमाडौं । कपिलवस्तुस्थित नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको शिवराज नगरपालिका-९ शिवगढीमा बिहीबार प्रहरीले सर्च अपरेसन चलाउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा तनाव उत्पन्न भएको थियो ।

    प्रहरीको विशेष टोलीले बिहीबार बिहान नेकपा समर्थित स्थानीयवासीको घरमा शर्च अपरेसन गरेको थियो। त्यस क्रममा प्रहरीले नेकपा महासचिव विप्लवका भतिजा यादव चन्दको घरमा घुस्न खोजेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।

    प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासीले ढुंगामुढा गरेपछि दुईजना प्रहरी समेत सामान्य घाइते भएका छन्। स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

    विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको बुझिएको छ। प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्‍कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक उपाध्यायले दावी गरे।

    दाङ जिल्लासँग जोडिएको शिवगढीमा नेकपा महासचिव विप्लवका परिवारको बसोबास रहँदै आएको छ। यसैबीच त्यहाँका स्थानीयले भने प्रहरीले अनावश्यक दुख दिन खोजेको भन्दै प्रतिकारमा उत्रिएको बताएका छन् । विद्यार्थीहरु पढिरहेका बेला हतियारसहित सशस्त्र र नेपाल प्रहरी आएर आतंकित पार्न खोजेपछि बाध्य भएर आफुहरु प्रतिकारमा उत्रिएर लखेट्नु परेको उनीहरुले बताए ।

    पछिल्लो समय ओली सरकारले नेकपामाथि व्यापकरुपमा दमन, धरपकड र गिरफ्तार गर्दै आएको छ । अरबौं घोटाला गर्दै आएको एनसेलमाथि नेकपाले कारवाही गरेपछि प्रहरीले नेकपा समर्थित जनतालाई समेत दुख दिन थालेको छ ।

    यसअघि बिहिबार बिहान प्रहरिले नेकपाका एक जना कार्यकर्तामाथि गोली समेत चलाएको छ । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका ९ मा नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका गम्भीर घाइते भएका छन् ।

    रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर स्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोका उपर प्रहरीले गोली प्रहार गरेपछि उनी घाइते भएको बुझिएको छ ।

    खुट्टामा गोली लागेका रोकालाई उपचारको लागि अंचल अस्पताल बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका ड्युटी अफिसरले १३ किलोमिटर टाढा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सशस्त्र प्रहरीको संयुक्त टोलीसंग नेकपाका कार्यकर्ताको जम्काभेट भएको र सो क्रममा गोली चलाउनुपरेको बताएका छन् ।

    प्रहरीले भने घटनास्थलबाट २ थान सर्ट मेसिनगन, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको दाबी गरेको छ । यद्धपि यस विषयमा नेकपाको आधिकारिक धारणा सार्वजनिक भएको छैन । घटनाबारे थप विवरण आउन बाकी छ ।

    तस्वीर:अन्नपूर्ण पोस्ट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ