• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपाले फागुन २३ गते किन गर्दैछ राप्ती बन्द ? यस्तो रहेछ कारण

    13.9K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले फागुन २३ गते अर्थात् भोलि बिहिबार राप्ती बन्दको आव्हान गरेको छ । बिनाकसुर गिरफ्तार परेका आफ्ना नेताकार्यकर्ताहरुको बिनासर्त रिहाई गर्न माग गर्दै नेकपा राप्ती ब्युरोले भोली २३ गते राप्ती बन्दको आह्वान गरेको हो ।

    नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज सुवासले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको बिनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्नका लागि २३ गते १ दिने राप्ती बन्द आव्हान जानकारी दिएका छन् ।

    देशैभरी र राप्तीका विभिन्न जिल्लाबाटकेपी ओलिर सरकारको गृह प्रशासनले गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेताकार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएउनेजस्ता कार्य गरेको भन्दै त्यसको विरोधमा बन्द आव्हान गरिएको विज्ञप्ति उल्लेख छ ।

    यस्तै फागुन २० गते नेकपारोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

    ओली सरकारको ज्यादतीबिरुद्ध आव्हान गरिएको बन्द कार्यक्रमलाई सहयोग गर्न नेकपाले सबै पक्षलाई आग्रह समेत गरेको छ । साथै  ओली सरकारले नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ नगरी दलाल फासिवादी रवैया अपनाइरहेमा कडा भन्दा कडा प्रतिरोधका साथैका कार्यक्रमहरु अघि बढाइने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

    “बन्द कार्यक्रमलाई सहयोग गरी सफल पार्न आदरणीय जनसमुदाय, किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगी, बुद्धिजीवि, व्यवसायीहरुलाई विशेष अनुरोध गर्दछौं ।” विज्ञप्तीमा भनिएको छ, – “नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ नगरी दलाल फासिवादी रवैया अपनाइरहेमा कडा भन्दा कडा प्रतिरोध संघर्षका कार्यक्रमहरु अघि बढाइने कागजी सरकारलाई चेतावनी र प्रतिरोध संघर्षहरुमा सहभागिताका लागि तयारी अवस्थामा रहन न्यायप्रेमी जनसमुदायहरुलाई यसै विज्ञप्तीमार्फत अपिल गर्दछौँ”

    नेकपाले अरबौं करछली गर्दै आएको एनसेलमाथि कारवाही गरेपछि ओली सरकारले नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तारी बढाएको छ ।  नेकपामाथि चरम दमन गर्ने सरकारी नीति अनुरुप प्रहरीले बिगत ११ महिनामा नेकपाका ३ सय ७५ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म प्रहरीले यो सङ्ख्यामा नेता कार्यकर्ता पक्राउ गरेको हो ।

    फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ जना रहेका छन् ।

    पक्राउ परेकासँग प्रहरीले सहयोग सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरिएको बताएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्ध संघर्ष गरिरहेको नेकपाका नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    यता नेकपाले भने कालोबजारी, भ्रष्ट्राचारी, घुसखोरी र दलालीमाथि ब्यापक जनकारबाही अगाडी बढाएको छ । बिगतदेखि नै पार्टीले घोषितरुपमै यस्तो कारबाही जारी राखेको छ । फागुनमा मात्र नेकपाले सरकारलाई ७२ अर्ब राजस्व नतिर्ने एनसेलमाथि आक्रमण गरेर राजस्व तिर्न दबाव दिएको हो । नेकपाले गत फागुन १० गते एनसेल मुख्यालय नक्खुसहित देशभर ३२ जिल्लाका टावरमा एकैसाथ आक्रमण गरेको थियो ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ