• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपाका बिशेष जिल्ला इन्चार्ज लिम्बु पक्राउ, एलएमजी र एम-१६ सहित समातेको प्रहरी दावी

    14.5K
    SHARES



    काठमाडौं । पूर्वी नेपालबाट नेपाल कम्युनिष्ट पार्टीका एक जिल्ला नेता पक्राउ परेका छन् । नेकपाको पूर्वी कमाण्ड, कोशी ब्यूरो अन्तर्गत मोरङ–धनकुटा संयुक्त जिल्लाका इन्चार्ज देवकुमार लिम्बू ‘संगीत’ पक्राउ परेका हुन् ।

    उनी अत्याधुनिक हतियार एम १६ र एलएमजीसहित पक्राउ परेको प्रहरीले दावी गरेको छ । चामलको बोरा भित्र अत्याधुनिक हतियार बोकेर गइरहेको बेला उनी धरान बजारबाट २ किलोमिटर पुर्व पानबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनले मोटरसाइकलमा हतियार बोकेर आउँदै गरेको सुचनाको आधारमा सबै तिरका नाका बन्द गरेर उनको पिछा गर्दै पक्राउ गरिएको जनाएको छ । अर्का एक जना भने फरार भएको प्रहरी स्रोतले बतायो। फरार अर्का व्यक्ति पार्टीको उच्च तहका नेता रहेको प्रहरीले जनाएको छ ।

    यता नेकपा श्रोतले उनी पक्राउ परेको पुष्टी गरेको छ । नेकपा श्रोतले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार लिम्बु पुर्व जनसेनाका बिर्गेड सह कमाण्डर पनि हुन् । उच्च तहको पुर्व जनसेना कमाण्डर र हाल बिशेष जिल्लाका इन्चार्ज समेत रहेका उनी पक्राउ परेपछि पार्टीलाई ठुलो क्षेती भएको नेकपाले जनाएको छ ।

    आफुले प्रयोग गर्दै आएको हतियार विप्लवका कार्यकर्ताबाट बरामद भएपछि नेपाली सेनाको टोली पनि त्यहाँ पुगेको छ। एलएमजी र एम-१६ दुवै हतियार नेपाली सेनाले प्रयोग गर्दै आइरहेको छ । नेपालमा एलएमजी सशस्त्र प्रहरीसँग केही थान भए पनि एम-१६ भने नेपाली सेनासँग मात्रै रहेको छ । अमेरिकामा निर्मित एम-१६ राइफल नेपाली सेनाले माओवादीसँग लड्नक लागि जनयुद्धकै क्रममा खरिद गरेको थियो ।

    नेकपा कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ गरेपछि अहिले एक नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजाल, स‌ंघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री, सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी पनि पानबारी पुगिसकेकाे प्रहरीले जनायो ।

    यसरी अत्याधुनिक हतियारसहित नेकपाका नेता समातिएपछि देशभरको प्रहरी सतर्क भएको बताइएको छ । उच्च सुरक्षा श्रोतका अनुसार एलएमजी र एम १६ राइफलसहित उच्च तहका नेता समातिनुले सुरक्षा चुनौती बढेको छ ।

    प्रहरीले मंगलबार काठमाडौँबाट युवा नेता सूर्य भुजेललाई गिरफ्तार गरेको थियो। नेकपा निकट युवा संगठनमा आबद्ध भुजेललाई प्रहरीले काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको थियो ।

    यसैबीच ७२ अर्ब कर छली गर्दै आएको एनसेलमाथि नेकपाले कारवाही गरेपछि सरकार व्यापक धरपकडमा उत्रिएको छ । यसअघि नेकपनिकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, बच्ची यादव, युवा नेता सूर्य भुजेल, मानबहादुर तिरुवा, महावीरलगायतका नेता कार्यकर्तालाई पनि प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

    नेता कार्यकर्तामाथि धरपकड र दमन बढेपछि बुधबार मात्रै नेकपा महासचिव विप्लवले गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइको माग गरेका छन् । बुधनगर एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले गिरफ्तार गरेका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई बिनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा यो सामाजिक फासिवादी सरकारले देशैभरीबाट आफ्नो पार्टी, जनवर्गीय सङ्गठनका नेता-कार्यकर्ताहरुलाई भटाभट गिरफ्तार गरेर सार्वजनिक अपराध जस्ता उनीहरुकै कानून र संविधान विपरित मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।

    ‘एनसेलमाथि भएको भनिएको कारबाही प्रकरणको नाममा यो सामाजिक फासिवादी सरकारले देशैभरीबाट हाम्रो पार्टी, जनवर्गीय सङ्गठनका नेता-कार्यकर्ताहरुलाई भटाभट गिरफ्तार गरेर सार्वजनिक अपराध जस्ता उनीहरुकै कानून र संविधान विपरित मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिइरहेको छ ।’ उनले विज्ञप्तिमा भनेका छन् -“’ सरकारका यस्ता दमनकारी क्रियाकलापको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै सबै नेता-कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।’

    राज्यले देश र जनतालाई कङ्गाल बनाउने भ्रष्टाचारी, घुसखोरीमाथि कारबाही गर्नुको साँटो उनीहरुको संरक्षण गरिरहेको अवस्थामा भएका कारबाहीलाई सही ठहराउनुको सट्टा झनै दमनको भाषा बोलेर आफूपनि झन भ्रष्ट, घुसखोरी र कालाबजारी भएको प्रमाण दिइरहेको उनले ठोकुवा गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ