• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    23.3K
    SHARES

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ ।

    करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । तर देशमा ओली सरकारलाई चुनौती दिएर समानान्तर सत्ताको अभ्यासमा रहेको बिद्रोहि नेपाल कम्युनिष्ट पार्टीले नै उक्त आक्रमण गरेको आशंका सरकारको छ ।

    आशंकाकै आधारमा प्रहरीले अनुसन्धानका लागि भन्दै नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको स्रोतले बताएको छ। शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर सुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ, नवलपुर र कंचनपुरसहित करिब २ दर्जन बढी एनसेल टावरमा पनि बम बिस्फोट रआगजनी भएको थियो।

    प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताए। उनले भने, ‘एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।’ प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी संभावित घटनाबारे उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

    सुवेदीले भने, ‘हामीले प्रहरी युनिटलाई सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी गरेका छौं ।आगजानी गर्ने समुहमाथि थप धरपकड जारी छ।’ ललितपुरमा एनसेलको कार्यालय अगाडि भएको विष्फोटमा संलग्न भएको आशंकामा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    यता शुक्रबार साँझ नै काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला पर्यो । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।

    बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । एनसेलमा बम विस्फोट र कमल पोखरीको आँगन स्विट्समा कुकर बम भेटिएको सूचनासँगै प्रहरी प्रधान कार्यालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ ।

    उपत्यकामा सुरक्षा कडा

    ‘उपत्यकाका सबै जिल्लाका युनिटहरुलाई एलर्ट गराइसकेका छौँ, सुरक्षा व्यवस्था कडा भएको छ’, प्रवक्ता सुवेदीले भने, ‘ठाउँ ठाउँमा चेक जाँच खानतलासी र शंकास्पदहरुमाथि निगरानी बढाइरहेका छौँ ।’

    उता महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले चेक जाँचमा कडाइ गरिएको जनाउँदै परिसर अन्तरगतका सबै युनिट अहिले सुरक्षा व्यवस्था कडा बनाउन जुटेको बताए । प्रहरीका अनुसार एनसेलमा बम पड्काउने समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन । कमल पोखरीस्थित आँगन स्विट्समा पनि बम राख्नेको कुनै विवरण पनि खुलेको छैन ।

    एनसेलले सरकारलाई कर नतिरेको भन्दै यसअघि नेकपानले आन्दोलन गर्दै आएको थियो । दुई साता अघि मात्रै सर्वोच्च अदालतले एनसेलले तिर्न बाँकी रहेको करिब ७० अर्ब लाभकर सरकारलाई बुझाउन आदेश दिएको थियो । तर सर्वोच्चको त्यो आदेश कार्यान्वयनमा सरकारले अहिलेसम्म चासो दिएको छैन ।

    नख्खु विस्फोटमा घाइतेको उपचार सरकारले निःशुल्क गरिदने

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बम बिस्फोटमा परि घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत घाइतेको स्वास्थ्य अवस्था बुझ्दै गृहमन्त्री थापाले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताए ।

    साथैै उनले दोषीमाथि अनुसन्धान गरी कडा कारबाही गरिने जानकारी दिए । गृहमन्त्री थापासहित नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षत्री अस्पतालमा पुगेका थिए ।

    ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति बम विस्फोट भएको थियो । बिस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    बिस्फोटप्रति नेकपा असन्तुष्ट समूहको असन्तुष्टि

    यसैबीच नेकपा असन्तुष्ट समूहले ललितपुर नख्खुस्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा भएको बम विष्फोटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको भन्दै यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई असन्तुष्ट समूहले अपिल गरेको छ ।

    असन्तुष्ट समुहका संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतले एनसेललाई सम्पूर्ण करको बक्यौता तिर्नु र तिराउनु भनि आदेश दिइसक्दा पनि वर्तमान सरकारले यसबारेमा आवश्यक कदम नचाल्दाको परिणाम यो बम विष्फोट प्रकरण भएको उल्लेख गरिएको छ ।

    साथै नेपाल सरकारलाई तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम आजको मितिबाट १५ दिनभित्र चुक्ता गर्न एनसेल नेपाललाई असन्तुष्ट समूहले ध्यानाकर्षण गराएको छ । अन्यथा त्यहाँपछि उत्पन्न हुने परिस्थितिको जिम्मा एनसेल नेपालले नै लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

    एनसेलबाट अर्बौँ रुपैयाँ चुनाव खर्च लिएर कर मिनाहा गरेको भनी सुन्नमा आएकोले भन्दै यस सम्बन्धि आवश्यक छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग गरेको छ ।

    विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ