• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कञ्चनपुरमा ओली-प्रचण्डका थप २ दर्जनबढी नेता कार्यकर्ता नेकपामा प्रवेश

    6.8K
    SHARES



    कञ्चनपुर । कञ्चनपुरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका पार्टीहरु परित्याग गरेर विद्रोही नेकपामा प्रवेश गर्नेहरुकाे संख्या एकपछि अर्को गर्दै बढ्दै गइरहेकाे छ ।

    जिल्लाको वेल्डाँडी, वेलौरी, कृष्णपुर लगायतका क्षेत्रवाट दुई दर्जनबढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको हप्तादिन नपुग्दै पुनः सत्तारुढ दल लगायतबाट २ दर्जन बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

    बुधबार कृष्णपुरमा आयोजित एक कार्यक्रमका बीच भक्तराज भट्ट, गणेश महरा, राम कुमार चौधरी, माया बिक, रामज्योति राना, जिज्ञासा वम, कविता कुमाल, टेक बहादुर वोहरा, शेर बहादुर वोहरा लगायतले पार्टी प्रवेश गरेका छन् । त्यस्तै विना बिक, कलावती सार्की, अमर सिंह साउँद, तुलसी चौधरी, महेन्द्र भुल, जय बहादुर धामी, प्रेम खत्री, तेज बहादुर साउँद, जयन्ती दास, वुदु वादी लगायतका रहेका छन् ।

    नव प्रवेसीहरुलाई नेकपा कञ्चनपुरका इन्चार्ज अग्नी, पुर्वसभासद तथा नेकपा नेता पुरन राना थारुले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज अग्नीले जनताकाे मुक्ति र बैज्ञानिक समाजवाद प्राप्तिका लागि आफूहरु एकीकृत जनक्रान्तिको बाटोमा अघि बढिरहेको बताउदै साथ दिन सबैलाई आग्रह गरेका थिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै नेता थारुले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको स्थापना नभएसम्म गास, बास, कपास, शिक्षा,स्वास्थ्यको ग्यारेन्टी नहुने देखिएकोले वैज्ञानिक समाजवादको लागि संघर्ष आवश्यक रहेको बताए ।

    वसन्त डाँगीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा ममता सुर्खेती, शर्मीला थापालगायतले मन्तब्य राखेका थिए । बुधबार नै उता अछामको चौरपातिमा पनि नेकपाले भब्य सभा सम्पन्न गरेको छ । यसअघि मंगलबार जिल्लाको रामारोशन गाउँपालिस्थित मुजाबगरमा नेकपाले जनसभा गरेको थियो । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु पहिलोपटक गाडीसहित मुजाबगर पुगेपछि स्थानीयले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

    सङ्गठन विस्तार तथा सुदृढ अभियान लिएर सेती ब्युरोमा बिभिन्न कार्यक्रम गरिरहेको नेकपा आफ्नो अभियान लिएर मुजाबगर पुगेको हो । मुजाबगरमा नेकपाले भब्य जनसभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज रामप्रसाद तिमिल्सिना ‘राप्ति’को प्रमुख आतिथ्यतामा सम्पन्न जनसभामा मुजाबगरका सहिद परिवारहरु सम्मानित भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ