• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माउन्टेन टेलिभिजनमा पीडित पत्रकार र पत्रकार महासंघको ३ दिने अल्टिमेटम पत्र

    4.4K
    SHARES

    काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार/कर्मचारीलाई जबरजस्ती राजीनामा गर्न लगाएर श्रम शोषण गरिरहेको व्यवस्थापन पक्षलाई ३ दिने अल्टिमेटम दिंदै नेपाल पत्रकार महासंघले तत्काल श्रमजिवीका माग पुरा गराउन भनेको छ ।

    बिहीबार पीडित पत्रकार र पत्रकार महासंघका पदाधिकारी एवं सदस्यहरुद्वारा संयुक्तरुपमा माउन्टेन टेलिभिजनमा पुगेर व्यवस्थापन समक्ष अल्टीमेटम पत्र बुझाउँदै श्रमजिवीका माग पुरा गराउन भनेको हो । महासंघका पदाधिकारी सदस्यसँगै पीडित पत्रकार/कर्मचारीले माउन्टेन टेलिभिजनका प्रशासन अधिकृत विप्लव पोखरेललाई पाँच बुँदे मागपत्र पेश गर्दै उक्त अल्टिमेटम दिएको हो ।

    लिखितरुपमा पेश गरेको पाँच बुँदे मागपत्र ३ दिन भित्र पुरा नगरे पुस २२ गते आइतबारदेखि माउन्टेन टेलिभिजन कार्यालयमै धर्ना दिइने उक्त पत्रमा उल्लेख छ । पीडित पत्रकारहरुले टेलिभिजनका अध्यक्ष राजुप्रसाद कँडेलको अनिवार्य उपस्थितिमा उक्त माग पुरा गराउन भनेको छ ।

    अल्टीमेटम पत्र बुझाएपछि बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय तथा महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवद्र्धन समिति सह–संयोजक जन्मदेव जैसीले वार्ता र सम्बादका माध्यमबाट श्रमजिवीका माग पुरा गराउन माउन्टेन टेलिभिजन व्यवस्थापन पक्षको ध्यानाकर्षण गराए । यदि शान्तिपूर्ण वार्ताको माध्यमबाट श्रमजिवीका माग पुरा नभए धर्नाका साथै माउन्टेन टेलिभिजनमा तालाबन्दी गर्न पनि पत्रकार महासंघ पछि नपर्ने उनले चेतावनी दिए ।

    यस विषयमा पत्रकार महासंघमा गहन छलफल गरेर अगाडि बढ्ने पनि उनले बताए । अाजकाे उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवं समिति सदस्य यम बिरहीले ३ दिनभित्र महासंघकाे कार्यालयमा अाएर वार्ता गर्न अध्यक्ष राजुप्रसाद कँडेललाई अाग्रह गरे । “नत्र महासंघ कडा अान्दाेलनमा जान्छ” उनले भने ।

    माउन्टेन टेलिभिजनलाई बुझाइएको अल्टिमेटम पत्रमा यस्ता छन् लिखित पाँच बुँदे मागपत्र

    १) सरकारले कार्तिक १ गतेदेखि लागू हुने गरी राजपत्रमा प्रकाशित गरिसकेको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक अनुरुप स्केल रु. २४,३७५।– यथासक्य चांडो लागु गरियोस् । साथै तहगत वर्गीकरण गरी हरेक तहमा २५ प्रतिशत तलव बृद्धि गरियोस् ।

    २) राजीनामा दिन बाध्य पारिएका पत्रकार र कर्मचारीहरुको बाँकी बक्यौता, तुरुन्त एकमुष्ठ उपलव्ध गराईयोस् । साथै श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भए वमोजिम उपदान, संचयकोष समेत रकम उपलब्ध गराइयोस् ।

    ३) पत्रकार तथा कर्मचारीहरुलाई श्रम अदालत तथा श्रम कार्यालयको फैसला वमोजिम लिन बांकी बक्यौता क्षतिपूर्ति सहित एकमुष्ठ दिईयोस् ।
    ४) यस प्रा.लि.मा कार्यरत सम्पूर्ण पत्रकार कर्मचारीहरुलाई श्रमजीवी पत्रकार ऐनमा तोकिएका सेवासुविधा, उपदान तत्काल उपलव्ध गराईयोस् ।
    ५) सम्पूर्ण कर्मचारी पत्रकारहरुको हकमा सामाजिक सुरक्षा कोष लागु गरियोस् ।

    प्रतिक्रिया