• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    खेम थपलियाको नयाँ पुस्तक ‘खोर’ बारे नेकपा महासचिव विप्लवले गरे यस्तो टिप्पणी

    11.3K
    SHARES



    काठमाडौं । प्रगतिशील लेखक खेम थपलियाको हालै सार्वजनिक भएको १५ ऑै पुस्तक ‘खोर’मा नेकपा महासचिव विप्लवले टिप्पणी गरेका छन् । उक्त टिप्पणीमा विप्लवले जनताको घरमा बसेर ‘खोर’ सबै पढेको बताएका छन् ।

    ‘पुस्तक निकै जीवन्त लाग्यो । यसले मनभित्र थुप्रै उत्सुकता मात्र पैदा मात्रै गरेन कि मेटाइदियो पनि । ‘खोर’ मा व्यक्त गरिएका घटना–प्रकृति, प्रहरी–कर्मचारी, बन्दीहरूको मनोविज्ञान, सद्भाव, अपेक्षा र सुझावले हामी ठीक ठाउँमा रहेको अनुभूति भयो ।’ महासचिव विप्लवले लेखेका छन्- ‘कमरेड खेमले लेख्नुभएजस्तै गह्रुङ्गो जिम्मेवारीबोध पनि भयो ।’

    विप्लवले ‘खोर’का लागि यसरी गरेका छन् टिप्पणी, हेर्नुहोस् उनकै शब्दमा जस्ताको त्यस्तै

    प्रतिक्रान्ति र प्रतिक्रियावादका विरुद्ध लेखेर लड्नु पनि एक क्रान्ति हो । खास समय बन्दुकको लडाइँ कलममा अभिव्यक्त हुन्छ । कलमको लडाइँमा नजितेर बन्दुकको लडाइँ जित्न सकिँदैन । त्यसैले क्रान्तिकारी लेखकलाई कलमको सेना पनि भनिन्छ ।

    नेपालमा प्रतिक्रान्तिको हावा जोडले बगेपछि हामीले क्रान्तिको कलम उचाल्यौँ भने हाम्राविरुद्ध प्रतिक्रान्तिकारी कलम मात्र होइन; थुप्रै अवसरवादी कलमहरू पनि उज्जिए ! यो लडाइँमा कमरेड खेमले क्रान्तिको कलम दह्रोसँग उठाउनुभयो र प्रतिक्रान्ति एवम् सामाजिक दलाल पुँजीवादी विचारका विरुद्ध सङ्घर्ष छेड्नुभयो ।

    कैयौँ लेखक भनिनेहरूका कलमले सरकारी तर मार्न प्रतिक्रान्ति र सामाजिक दलाल पुँजीवादी प्रवृत्तिको भक्तिगीत ओकलिरहेको समयमा कमरेड खेमले क्रान्ति, स्वाधीनता, परिवर्तन र एकीकृत जनक्रान्तिको पक्षमा मोर्चा कसेको सत्तासीनहरूलाई पचेन । त्यसमा पनि जनयुद्धका नायक भनिएका प्रचण्डहरूलाई भाउन्न भयो ! उनीहरूको आँखाले खेमको कलमलाई बन्दुकभन्दा पनि डरलाग्दो देखे र नियन्त्रणमा लिए ! उहाँले भूतपूर्व माओवादी प्रचण्ड–प्रभाकरहरूको गिरफ्तारी, हिरासत र यातना २५ दिन भोग्नुभयो ।

    हिरासतले हारेपछि कमरेड खेमले पुनः आफ्नो कलम चलाउनुभयो र प्रतिक्रान्तिसँगको लडाइँस्वरूप ‘खोर’ तयार पार्नुभयो । अवसरवश कमरेड खेमले ‘खोर’ मेरा लागि पठाइदिनुभयो । मैले जनताको घरमा बसेर ‘खोर’ सबै पढेँ । पुस्तक निकै जीवन्त लाग्यो । यसले मनभित्र थुप्रै उत्सुकता मात्र पैदा मात्रै गरेन कि मेटाइदियो पनि । ‘खोर’ मा व्यक्त गरिएका घटना–प्रकृति, प्रहरी–कर्मचारी, बन्दीहरूको मनोविज्ञान, सद्भाव, अपेक्षा र सुझावले हामी ठीक ठाउँमा रहेको अनुभूति भयो । कमरेड खेमले लेख्नुभएजस्तै गह्रुङ्गो जिम्मेवारीबोध पनि भयो ।

    यसबेला क्रान्ति र प्रतिक्रान्ति, वैज्ञानिक समाजवाद र दलाल पुँजीवादबीचको मोर्चा अरू तातेको छ, केन्द्रीय नेताहरूदेखि सयौँ क्रान्तिकारी कार्यकर्ताहरूलाई केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले गिरफ्तार गरेको छ । सयौँ जनालाई मुद्दा लगाइएको छ ।

    कुन साथी कति बेला गिरफ्तार पर्ने हो, अपहरित र बेपत्ता हुने हो या मारिने हो, कुनै ठेगान छैन तर श्रमिक जनताको नजरमा केपी–प्रचण्डको दमन स्वीकार्य छैन, न त क्रान्तिकारीहरूमा नै कुनै चिन्ता छ ! बरु सबै क्रान्तिकारीहरूलाई यो दलाल पुँजीवादी सत्ताका विरुद्ध क्रान्ति अपरिहार्य भएको र त्यसलाई पूरा गरिछाड्ने दृढता पैदा भएको छ र प्रतिरोध सङ्घर्ष एकपछि अर्को उचाइतिर बढिरहेको छ ।

    हुन सक्छ, हामीमध्ये जो कोहीले जतिखेर पनि राज्यको गिरफ्तारी र दमन पुनः भोग्नुपर्नेछ । परन्तु हामीले पकडेको वैज्ञानिक समाजवाद–सामयवादको मार्ग यति उज्यालो र महान् छ, जसको यात्रा र विजयलाई रोक्ने आजसम्म कुनै तागत नै जन्मिएको छैन । हामी त्यो मार्गमा निरन्तर अग्रसर होऔँ । कमरेड खेमले आफ्नो वैचारिक–राजनीतिक एवम् साहित्यिक सिर्जन–कार्यलाई अरू अगाडि बढाउनुस्, शुभकामना !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ