• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ८ गते हुने बिशाल जनसभाकाे प्रचारप्रसारका लागि क्रान्तिकारी पत्रकार सङ्गठन सकृय, यस्तो छ तयारी

    6.2K
    SHARES



    काठमाडौं । आगामी मङ्सिर ८ गते नेपाल कम्युनिष्ट पार्टी आयोजना गर्न लागेको बिशाल जनसभाको प्रचारप्रसारका लागि क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले व्यापक तयारी थालेको छ ।

    सङ्गठन उपाध्यक्ष जन्मदेव जैशीको अध्यक्षतामा मंगलबार काठमाडौंमा उपलब्ध सदस्यहरुको केन्द्रीय समिति वैठकले प्रचारप्रसारलाई व्यापक बनाउनला लागि बिभिन्न निर्णयहरु गरेको छ ।

    वैठकले पार्टी पुनर्गठनको पाँचौं दिवस पारेर नेकपाले यही मङ्सिर ८ गते गर्न लागिरहेको विशाल जनप्रदर्शन र जनसभालाई भव्यतापूर्वक सफल बनाउन आवश्यक प्रचार–प्रसारका लागि प्रभावकारी भूमिका खेल्ने निर्णय गर्दै त्यसका लागि उपाध्यक्ष जैसीको संयोजकत्वमा १९ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ ।

    समितिमा महासचिव बाबुराम भुषाल, सचिवद्धय बैकुण्ठ गिरी, जीवन हमाल, केन्द्रीय सदस्यहरु कमल बुढा, धनञ्जय बुढा, सुदिप बर्देवा,दिया चन्द, करन बडाल, सुरज प्याकुरेल, शोभराज बराल लगायत छन् ।

    बैठकले टेलिभिजन, अनलाईन, पत्र–पत्रिका, रेडियोमा प्रचारलाई अझ व्यवस्थित गर्न संयोजनको जिम्मा पनि तोकिएको छ । जसअनुसार अनलाइनमा कमल बुढा, पत्रपत्रिकामा धनञ्जय बुढा, टेलिभिजनमा रुपक कुलाल, प्रचार सामाग्री उत्पादनमा दिया चन्द र सुरज प्याकुरेल तथा रेडियोमा बैकुण्ठ गिरी र सुदिप बर्देवालाई जिम्मा दिइएको छ ।

    त्यस्तै बैठकमा श्रमजिवीका हकहितसँग सम्बन्धित मागहरु पुरा गर्न निरन्तर दवाव दिने र प्रेस विरोधी कानुन संशोधनका लागि जारी आन्दोलन अझ सशक्त पार्ने निर्णय गरेको जानकारी गराउँदै प्रचार प्रसारसहित हरतरहले साथ सहयोगका लागि नेपाल पत्रकार महासंघ, विभिन्न संचार संगठनहरु, सञ्चारगृहका प्रकाशक/सम्पादकहरु, मिडियाकर्मीहरुसँग हार्दिक अपिल समेत गरेको छ ।

    मङ्सिर ८ गतेको कार्यक्रमका लागि देशभर नेकपाका विभिन्न जनबर्गिय सङ्गठन र पार्टी नेता कार्यकर्ताहरु सक्रियताका साथ जुटिरहेका बेला क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल पनि प्रचारप्रसारको भूमीकाआई थप चुस्तदुरुस्त बनाउन लागिपरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ