जाजरकोट । अविरल वर्षासँगै गएको पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नं. २ मा गएको पहिरोमा परेर दुई स्थानीयको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की र सोही वडाको थलहका ५४ वर्षीया उमासिंह खत्री रहेका छन्।
पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी सोही वडाका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवान परिचालन भएका छन् ।



प्रतिक्रिया