• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मोदीखोला बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

    1.1K
    SHARES



    काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीका कारण मन्दिर परिसरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ।

    बाढीले शुक्रबार बिहान कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिर परिसरमै फसेका थिए।

    सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार हुनेमा कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा अध्यापनरत ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी कानिर्माण गिरी रहेका छन्।

    शुक्रबार बिहान करिब सवा २ बजे आएको बाढीले दुई पुल बगाएपछि उनीहरू मन्दिरमै फसेका थिए। उनीहरूलाई बिहान सवा ८ बजे सकुशल उद्धार गरिएको हो।

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप रेस्क्यु तथा गोताखोरसहितको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको डीएसपी थापाले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ