• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    अविरल वर्षापछि जाजरकोटमा बाढी, चार घर बगायो र सडक अवरुद्ध

    233
    SHARES



    जाजरकोट । लगातारको वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।

    इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखिको अविरल वर्षाले नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि सडक अवरुद्ध भएको हो। उर्लिएको खोलाले सडकसँगै आसपासका विभिन्न संरचनामा समेत क्षति पुर्‍याएको जनाएको छ।

    बाढीले नलगाड–१० को रोली क्षेत्रमा रहेको झोलुङ्गे पुलको पश्चिमी भाग बगाएको छ। त्यस्तै, सोही क्षेत्रमा रहेका ढुंगा र माटोले बनाइएका तथा टिनले छाएका चार वटा घरसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ।

    घर तथा पुलमा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको छ।

    घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक दिनेश सुनारको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले क्षतिको विवरण संकलन गर्नुका साथै आवश्यक सुरक्षा तथा थप उद्धारको अवस्था मूल्यांकन गरिरहेको जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया