• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पाँच महिनापछि काठमाडौँ आइपुगे शेरबहादुर देउवा

    1K
    SHARES



    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

    पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए।

    देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले जनाएका छन्। देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

    देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुन २०८२ को राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ