• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

    304
    SHARES



    काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्।

    कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी सुचारु रहेको छ भने अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। इलामको राजदुवालीस्थित मेची राजमार्गमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ र त्यहाँ पनि अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ।

    बागमती प्रदेशमा पहिरो र बाढीका कारण धेरै सडक प्रभावित भएका छन्। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राखी साँझ १८:०० देखि बिहान ०४:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ०४:०० देखि साँझ १८:०० बजेसम्म अवस्था विचार गरी सुचारु गरिनेछ।

    काभ्रेकै रोशी गाउँपालिका-१ पिन्थली, नार्केमा भने पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि साँझ १७:०० देखि बिहान ०५:०० बजेसम्म रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी, लिपिड तथा चौतारा साँगाचोकगढी नगरपालिकाको डुग्रेमा पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा बन्द छ।

    गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी मात्र सुचारु रहेको छ। उक्त सडक दुईतर्फी सञ्चालन हुन केही समय लाग्नेछ। लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

    त्यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा बाढी आएकाले भेरी करिडोर जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया