• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मकवानपुरमा तरकारी बोकेको ट्रक खस्यो खोलामा, एक जनाको मृत्यु

    238
    SHARES



    हेटौडा । मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खसेको छ।

    भिमफेँदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खसेको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाक्लो हुस्सु र ओरालो बाटोका कारण ट्रक चिप्लिएर एक सय मिटर तलको चण्डी खोलामा खसेको हो।

    दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ।

    ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरे मकवानपुर प्रहरीले जनाएको छ।

    दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया