• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

    223
    SHARES



    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा कञ्चनपुरको शान्तिपुर बेलौरीमा १२२ मिलिमिटर वर्षा मापन भएको छ।

    सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर वर्षा भएको छ भने सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमटर वर्षा भएको छ। बाँकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

    दिउँसो देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।राति देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया