• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बूढानीलकण्ठमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

    113
    SHARES



    काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।

    गए राति १०:२५ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।

    चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउन्ड गोली प्रहार गरिएको थियो ।

    खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया