• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनसरी घटनाको विरोधमा जनकपुरमा पनि बिहानैदेखि तनाव, जिल्ला सुरक्षा समितिको बैठक जारी

    301
    SHARES



    जनकपुरधाम । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको र परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउन सकिने बताए ।

    ‘अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउनुपर्छ कि भन्ने सल्लाह हुँदैछ ,’ उनले भने ।

    प्रदर्शनकारीहरू दुई पक्षबीच भडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै अघि बढिएको सीडीओ लुइँटेल बताउँछन् । चोक चोकमा संवेदनशीलता हेरेर प्रहरी परिचालन गरिएको उनले बताए ।

    सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि मधेशका अन्य जिल्ला पनि अशान्त बन्न पुगेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ