• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु

    110
    SHARES



    धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल  पुर्‍याएका थिए ।

    उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए । गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौँ लिएका थिए ।

    उनको सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै मृत्यु भएको बिष्टले बताए । उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ