• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरो, आधा दर्जन बढी घाइते, एकको अवस्था गम्भीर

    501
    SHARES



    नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला एक्कासि पहिरो जाँदा आधा दर्जन किसान घाइते भएका छन्।

    स्थानीय किसान नोमराज भट्टको खेतमा सोमबार रोपाइँ चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई करिब ७ देखि ८ सय मिटर तल जंगल क्षेत्रमा पहिरोबीचबाट उद्धार गरिएको थियो।

    गम्भीर घाइते भट्टको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। अन्य सामान्य घाइतेहरूको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार माथिबाट पहिरो खस्न थालेको देखेपछि खेतमा काम गरिरहेका अधिकांश किसान भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

    पहिरोका कारण करिब सात रोपनी खेत पूर्ण रूपमा बगेको छ। स्थानीय रामशरण भट्टका अनुसार पहिरोले खेतलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ। ‘करिब सात रोपनी खेत बगाएको छ। अहिले खेत पूरै भीरजस्तो बनेको छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ