काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक निजी कारमा आगलागी हुँदा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको थियो।
प्रारम्भिक रूपमा आगलागी भएको सूचना प्राप्त भए पनि पछि गाडीभित्रबाट एक पुरुषको शव निकालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार आगलागी भएको उक्त गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। आगलागीको कारण र मृतकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया