• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    २५ घण्टापछि सकुशल घर फर्किए निकुञ्जभित्र हराएका १४ महिला

    674
    SHARES



    महेन्द्रनगर । जङ्गली च्याउ खोज्न  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेर सम्पर्कविहिन भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला २५ घण्टापछि सकुशल घर फर्किएका छन् ।

    आइतबार बिहान ११ बजे जंगल छिरेको उक्त टोली च्याउ खोज्ने धुनमा निकुञ्जको निकै भित्री भागसम्म पुगेको पत्तै पाएका थिएनन्। दिउँसो ३ बजेतिर घर फर्किने निधो गर्दा उनीहरू जंगलभित्र अलमलिसकेका थिए। आएको बाटो पत्ता लगाउन नसकेपछि उनीहरूको बिचल्ली भयो।

    अझ जटिल कुरा त १४ जनाको टोलीमा एक जनासँग मात्र मोबाइल थियो, जसमा सिमकार्ड नै थिएन। जसका कारण समय हेर्नबाहेक कसैलाई सम्पर्क गरेर सहयोग माग्ने अवस्था बनेन। साँझ पौने ८ बजेसम्म बाटो खोज्ने प्रयास असफल भएपछि उनीहरू घनघोर जंगलमै रात बिताउन बाध्य भएका हुन्।

    उता महिलाहरू बेपत्ता भएको खबर पाउनासाथ आइतबार राति ९ बजेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजतलासका लागि जंगल परिचालन भएको थियो। सोमबार बिहान थप जनशक्तिसमेत खटाइएको थियो।

    सोमबार बिहान साढे ५ बजे उज्यालो हुने बित्तिकै पुनः बाटो खोज्न थालेका उनीहरू दिउँसो सवा सकुशल घर आइपुगेपछि आफन्त खुसि भएका छन्। २५ घण्टासम्म भोक, प्यास र डरबीच जंगलमा बिताएर सबै जना सकुशल फर्किएपछि खोजीमा खटिएका सुरक्षाकर्मीहरू पनि फिर्ता भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ