• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो

    472
    SHARES



    कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् । आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् ।

    महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा परिचालित सेनाको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ ।

    सम्पर्कविहीन भएका महिलाहरू निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जमा छिरेको थाहा भएको छ । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् ।

    उनीहरूसँगै गएका ३ जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको भने उद्धार गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ