• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धादिङको बेनीघाट क्षेत्रमा पहिरो, दुवैतर्फको यातायात अवरुद्ध

    651
    SHARES



    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ ।

    गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए । साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ ।

    वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै यातायातका साधन सन्चालनमा रोक लगाएको थियो । पहिरो पन्छाइसकिएपछि सवारी साधन सन्चालन हुन दिने प्रहरीले जनाएको छ ।

    त्यसैगरी बीपी राजमार्ग पनि लेदोसहितको पहिरोका कारण बन्द छ । यी दुईबाहेक अन्य प्रमुख सडक भने सञ्चालनमै रहेका प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ