• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सप्तकोसीमा तीव्र जलप्रवाह, एक लाख ९० हजार क्युसेक नाघ्यो पानीको बहाव

    663
    SHARES



    सप्तरी । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि ४९ वटा ढोका खोलिएको छ ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार कोसीमा जलस्तर निरन्तर बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोसी ब्यारेजका ५६ मध्ये ४९ वटा फाटक खोलिएको हो ।

    प्रशासनका अनुसार आइतबार दिउँसो २ बजेसम्म सप्तकोसीमा पानीको बहाव एक लाख ८१ हजार ६ सय क्युसेक रहेकोमा केही समयमै बढेर दिउँसो ४ बजेसम्म एक लाख ९० हजार ३९० क्युसेक पुगेको थियो ।

    पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि उच्च सतर्कताको संकेतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने गरिएको छ । हाल नदीमा जलप्रवाह बढिरहेको भन्दै प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापासहित सुरक्षा निकायका अधिकारीहरूले कोसी ब्यारेज क्षेत्रको स्थलगत निरीक्षण गरी अवस्थाबारे जानकारी लिएका छन् ।

    अनुगमनपछि प्रमुख जिल्ला अधिकारी थापाले सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापनका तयारी प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    प्रशासनले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्क अवस्थामा रहन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ