• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुकुमपूर्वमा ५ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

    349
    SHARES



    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुमपूर्वको कोल क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    भूकम्पको कम्पन रुकुमपूर्वसँगै छिमेकी जिल्लाहरूमा समेत महसुस भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । धक्का महसुस भएपछि कतिपय स्थानका स्थानीयहरू घरबाहिर निस्किएका थिए ।

    हालसम्म भूकम्पबाट भएको मानवीय क्षति वा भौतिक संरचनामा पुगेको क्षतिबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले अवस्थाबारे विवरण संकलन गरिरहेका छन् ।

    भूकम्पपछि सर्वसाधारणलाई सुरक्षित रहन र क्षतिको अवस्था देखिए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ