• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फेसबुकको ब्राउजर संस्करणमा समस्या, प्रयोगकर्ताले गर्न सकेनन् लगइन

    335
    SHARES



    काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको ब्राउजर (वेब) संस्करणमा आइतबार अपराह्न प्राविधिक समस्या देखिएको छ। समस्याका कारण धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता प्रयोग गर्न नसकेको गुनासो गरेका छन्।

    फेसबुक खोल्ने प्रयास गर्दा प्रयोगकर्तालाई ‘तपाईंको खाता हाल अस्थायी रूपमा उपलब्ध छैन। साइटमा देखिएको समस्याका कारण सेवा प्रभावित भएको छ। हामी यसलाई सकेसम्म छिट्टै समाधान गर्ने प्रयास गरिरहेका छौँ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोस्।’ भन्ने सन्देश देखिएको छ।

    यद्यपि, यो समस्या सबै प्रयोगकर्तामा एकै किसिमले देखिएको छैन। केहीले सामान्य रूपमा फेसबुक प्रयोग गर्न सकेका छन् भने केहीलाई वेब संस्करणमा मात्र पहुँचमा समस्या भएको बताएका छन्।

    यस्तै, सेवा अवरोध तथा अनलाइन प्लेटफर्मको अवस्थाबारे जानकारी दिने वेबसाइट डाउनडिटेक्टर मा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुक सम्बन्धी समस्या रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।

    फेसबुकको मूल कम्पनी मेटाले समाचार तयार पार्दासम्म समस्याको कारण वा सेवा पूर्ण रूपमा कहिलेसम्म सामान्य हुने भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ