• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

    268
    SHARES



    काठमाडौं । नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा सम्पन्न भएको छ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचरित्र मेहताले पानसमा दीप प्रज्वलन गरेर साधारण सभाको उद्घाटन गरेका थिए।

    कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीब श्रेष्ठ तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद क्षेत्रका मन्त्रीका सल्लाहकार राजु सिंह विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

    उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा कर्मचारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी एवं बोर्ड सदस्यहरू, चार प्रदेश ब्याडमिन्टन संघका प्रतिनिधि तथा ४१ जिल्ला संघको उपस्थिति रहेको थियो।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामचरित्र मेहताले नेपाली ब्याडमिन्टनले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै खेलको दिगो विकासका लागि पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

    नेपाल ओलम्पिक कमिटीका महासचिव राजीब श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि संघ, सरकार तथा निजी क्षेत्रबीचको समन्वय अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गरे।

    नेपाल ब्याडमिन्टन संघका प्रवक्ता बेनुपराज खत्रीका अनुसार साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना, नीतिगत प्रस्ताव तथा संगठनको भावी कार्यदिशामाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।

    साधारण सभाबाट पारित निर्णयहरूले नेपाली ब्याडमिन्टनको संस्थागत विकास, सुशासन प्रवर्द्धन, खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ